• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता र पुस्तक प्रदर्शनी हुने

64x64
नेपाल लाइभ आइतबार, भदौ २६, २०७९  १८:५०
1140x725

काठमाडौं– पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ। सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो। आइतबार एक कार्यक्रम आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको छ। 

पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आवद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रुपमा सहभागी हुन सक्ने आयोजक पक्षले जनाएको छ । 

आयोजक सिएफएन नेपालका अध्यक्ष अस्मित भुसालले भने, ‘पठन संस्कृति र किताबप्रतिको मोह घट्दै गएको देखिन्छ। यसैलाई मध्यनजर गर्दै पठन संस्कृतको विकासका लागि यो कार्यक्रम आयोजना गरेका हौं।’

प्रतियोगितामा भाग लिन चाहनेले ३१ भदौदेखि २८ असोजसम्म बुकमार्ट पोखरा प्रालि पुगेर नाम दर्ता गर्न सक्ने जनाइएको छ।  विद्यालयको तर्फबाट प्रतिस्पर्धा गर्न चाहने विद्यार्थीले भने विद्यालयबाट सिफारिस पेस गर्नुपर्ने आयोजक बुकमार्ट प्रालिले जनाएकाे छ। 

प्रतियोगिता आयोजक टोलीले समीक्षा लेखनका लागि मापदण्ड तय गरिसकेको छ। लेखक/स्रष्टा, पुस्तकको शीर्षक, प्रकाशक, प्रकाशन वर्ष, कागजको स्तर मूल्य, पृष्ठ आदिबारे परिचयात्मक जानकारी दिएर पुस्तकमा प्रस्तुत विषयको सारांश र मूल विचार (साहित्यिक कृति भए विचार र भावनाको सन्तुलनसहित अन्य भावगत र कलागत सौन्दर्यमूल्यको प्रस्फुटन) राख्नुपर्ने मापदण्ड तय भएको छ। 

Ncell 2
Ncell 2

यस्तै समीक्षामा पुस्तकका सबल एवं दुर्बल पक्षको इमान्दारिताका साथ प्रस्तुतिकरण, उपयोगिता, नयाँपन, मौलिक पक्ष र टिप्पणीसँगै भाषा र निष्कर्ष समेत लेख्नु पर्नेछ। कक्षा १२ माथिका विद्यार्थीले भने सन्दर्भ सूची समेत राख्नु पर्नेछ। 
कक्षा ८ सम्मका विद्यार्थीले ५ सय, ८–१२ कक्षाका विद्यार्थीले ८ सय, स्नातक तहका लागि १००० र स्नातकोत्तर तह एवम् खुला प्रतियोगिका लागि १,५०० शब्द संख्याको समीक्षा लेख्नुपर्ने आयोजक कमिटीका भुसालले बताए। २८ असोजसम्म समीक्षा बुझाउन आयोजकले समयसीमा तोकेको छ। 

प्रतियोगिताको पहिलो चरणमा कक्षा ५–१२ कक्षासम्म प्रत्येक कक्षाबाट उत्कृष्ट ३ र स्नातक, स्नातकोत्तर र खुला प्रतिस्पर्धाबाट उत्कृष्ट ५ छनोट गरिने जनाइएको छ।

पहिलो चरणमा छनोट हुने समीक्षकलाई अन्तिम निर्णयका लागि समीक्षा वाचन गर्न लगाइने र सबै कक्षा तथा खुलाबाट सर्वोत्कष्ट १÷१ जना समीक्षक चयन गरिने आयोजकको भनाइ छ।

अन्तिम चरणमा सर्वोत्कृष्ट हुने समीक्षकलाई जनही २० हजार रुपैयाँ बराबरको पुरस्कारले पुरस्कृत गरिनेछ। उत्कृष्ट ३ मा पर्ने सबै प्रतियोगीलाई २ हजारसम्मका पुस्तक पनि दिइने जनाइएको छ। 

यस्तै बुकमार्ट प्रालिले पुस्तक प्रदर्शनी समेत गर्ने भएको छ। पुस्तक प्रदर्शनी विशेष छुट मेला ३१ भदौदेखि ४ कात्तिकसम्म चल्नेछ। बुकमार्ट पोखराका जुनसुकै पुस्तक खरिद गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बुकमार्टले जनाएको छ। 

पुस्तक प्रदर्शनी तथा पुस्तक समीक्षा प्रतियोगिता सिजन १ का लागि ९ सदस्यीय आयोजक कमिटी गठन भएको छ। कमिटीको संयोजकमा अस्मित भुसाल छन् भने सहसंयोजक सूर्य कुइकेल, सचिव पुरन्जन काफ्ले, सहसचिव आयुष अर्याल, कोषाध्यक्ष बिनिता चापागाईं र सदस्यमा गौतम आचार्य, रोहित नेपाली, अनिश दाहाल र प्रकृति खत्री छन्।
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन
सम्बन्धित सामग्री
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्थ... मंगलबार, फागुन १९, २०८२
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन उनको निधनबारे प्रादेशिक अस्पताल मलंगवाका एक प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई जानकारी प्राप्त भएको जिल्ला प्र... मंगलबार, फागुन १९, २०८२
चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश मंगलबार, फागुन १९, २०८२
सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन मंगलबार, फागुन १९, २०८२
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि मंगलबार, फागुन १९, २०८२
यी परिचय पत्र देखाए मतदान गर्न पाइनेछ मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्