काठमाडौं- निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीशले जहिले पनि संविधानले दिएको दायित्व र कर्तव्यका साथै र कानुनले दिएकाे अधिकारका आधारमा इजलास तोक्ने गरेको बताएका छन् ।
महाअभियोग सिफारिस समितिमा बयान दिदैं प्रधानन्यायाधीश जबराले सर्वाेच्च अदालतमा रहेका सबै न्यायाधीश समान रहेको बताउँदै प्रधानन्यायाधीश एउटा लिडर जज मात्र भएको बताए ।
आइतबार चौथो पटकको बयानमा क्रममा प्रधानन्यायाधीश जबराले प्रधानन्यायाधीशको चरित्र कुनैपनि न्यायाधीशको ब्रेनमा बस्ने नभएको बताए । संविधानबाट योग्यता पुगेका न्यायाधीश स्वतन्त्र रहने बताउँदै इजलासबाट गरिएको निर्णयलाई प्रधानन्यायाधीशको दबाब र प्रभावमा परेर यस किसिमको अभियोग लगाउनु भनेको अहिलेका मौजुदा न्यायाधीशहरुलाई समेत गम्भीर आरोप भएको बताए ।
उनले महाअभियोग छानबिन समितिलाई समेत त्यस्तो लागेको भए उनीहरुलाई उपस्थित गराएर बुझ्न चुनौती दिए । ‘यो अधिकार समितिलाई छ, त्यसैले उहाँहरुलाई बोलाएर बुझे भइहाल्यो’ उनले भने ।
उनले ‘न्यायाधीशहरुले स्वतन्त्रमा रुपमा गर्नुभयो कि प्रधानन्यायाधीशको निर्देशनमा गर्नुभयो ? प्रधानन्यायाधीशको निर्देशनमा पनि कुनै मुद्दाको फैसला हुन्छ भन्ने अनुमान गर्न मिल्छ त ?’ भन्दै प्रश्न गरे। उनले उक्त आरोप निरर्थक भएको दाबी गरे । उनले आफू विधि र पद्धतिबाट प्रधानन्यायाधीशमा नियुक्त भएको बताउँदै आफूमाथि लागेको आरोप निराधार र निर्थक भएको बताए । उनले आफूमाथि लगाएको आरोपले न्यायापालिकालाई कमजोर बनाउने काम भएको बताए।
सर्वाेच्च अदालतका सबै न्यायाधीशहरु प्रधानन्यायाधीशका बिचौलिया हुन् । प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भन्ने आरोपको पनि खण्डन गरे ।
उनले भने, ‘न्यायाधीशहरु प्रधानन्यायाधीशका बिचौलिया हुन् । प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भन्ने जस्ता जति पनि आरोपहरु आएका छन् ती सबै आरोप संविधानले कल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायपालिकामा टिकी खान नदिने र बसिखान नदिने र न्यायापालिकालाई ध्वंस र भंग गर्ने खालका आरोप हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।