काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण एक सय चार जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज दुई सय एक कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने दर ९८.६ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या दुई हजार तीन सय १६ पुगेको छ ।
यस्तै सोही अवधिमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट निधन हुनेको संख्या १२ हजार १४ पुगेको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् ।
होम आइसोलेशनमा दुई हजार दुई सय ३६, संस्थागत आइसोलेशनमा ८०, सघन उपचार कक्षमा १४ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप आठ हजार चार सय १२ जनाले खोप लगाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।