काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुनेमा डोजर लगाएर अनधिकृत संरचना हटाएको छ।
काठमाडौं महानगरले उक्त क्षेत्रका अनधिकृत संरचना हटाउनको लागि माइकिङ गरेको थियो। यसका साथै अनधिकृत रूपले बनेका भवन टहरा हटाउनको लागि महानगरले सूचना समेत प्रकाशित गरेको थियो।
तर, कोटेश्वर क्षेत्रमा पटक-पटक माइकिङ गर्दा पनि फुटपाथ व्यवसायीले अनधिकृत संरचना नहटाएपछि महानगर आफैँले हटाउन थालेको हो।
उक्त क्षेत्रमा डोजरले फुटपाथ ढाकेर बनाइएको पाली, भर्याङ, सिँढीहरू हटाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।