रुकुमपूर्व– रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन्। पुथा उत्तरगंगा–१२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्तादेखि बेपत्ता भएको परिवारले जनाएको छ।
मानसिक सन्तुलन ठीक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगतपप्रसाद पुनले बताए।
परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनीति गर्दा पनि अहिलेसम्म फोला पार्न नसकिएको जगतप्रसादले बताए।
पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठीक नभएको परिवारले बताएको छ।
ती किशोरलाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजीदिन आग्रह गरेका छन्। परिवारले किशोरलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा र परिवारको मोबाइल नम्बर ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।