काठमाडौं– राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक बुधबारसम्म स्थगित गरिएको छ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले एक सूचना जारी गर्दै आइतबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक कारणवश स्थगित भएको जनाएका छन् ।
राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने जनाउँदै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले बैठक स्थगित गरेका हुन् ।
बैठक बुधबार बिहान ११ बजे बस्ने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।