काठमाडौं– गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा लोकप्रिय गायक राजेशपायल राईको स्वरमा हरेको गजल ‘सावनको भेल जस्तो...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
डब्बु क्षत्रीले एक समयको लोकप्रिय गलज मानिएको ‘सावनको भेल जस्तो’को लामो समयपछि भिडियो निर्माण गरिएको छ। यो गजल क्षत्रीको झरी गीति/गजल संग्रहमा रहेको छ।
हजारौं गीत गाएका राजेश पायल राईले योभन्दा अघि गजलमा स्वर दिएका थिएनन्। क्षत्रीको सावनको भेल जस्तै नै आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गजल भएको गायक राईले बताएका छन्। यो गजलमा जुगल डँगोलको स्वर रहेको छ। गजलमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन्।
गीतकार क्षत्रीकै निर्देशनमा सावनको भेल जस्तोको म्युजिक भिडियो बजारमा आएको छ। यो गजलको भिडियोमा प्रवण भुसाल र सरिता भारतीको अभिनय छ। टंक केसी र ज्ञानु राईले छायाँकन गरेको म्युजिक भिडियोको कोरियोग्राफी सुवास बुढाथोकीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।