काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ।
सिंहदरबारमा दिउँसो १२ : ३० बजे बैठक बस्न लागेको हो। शनिबार उनीसँगको बयान सक्ने तयारी समितिको छ।
राणासँगको बयान शनिबार तेस्रो दिन हो। राणालाई सोध्न समितिले ४३ प्रश्न तयार गरेको थियो। संसदको अवधि असोज १ गतेसम्म मात्र रहेको छ। प्रतिनिधि सभाको कार्यकाल सकिएपछि राणाको महाभियोग के हुने अन्योल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।