काठमाडौं– बिहीबार काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०१ कुमारीको पूजा गरिएको छ।
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पुजा हो।
महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ। कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।