• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वैदेशिक रोजगारीबाट विरक्तिएका युवा उद्यमी, जसले ‘सुपो’ लाई ब्राण्ड बनाउन चिया चौतारी खोले

64x64
कल्पना घिमिरे बिहीबार, भदौ २३, २०७९  ०७:१६
1140x725

काठमाडौं- बागमती करिडोर क्षेत्रभित्र एउटा रेस्टुरेन्ट छ, जसको अगाडिपट्टि 'सुपो' लेखिएको ठूलो नाङ्लो झुण्ड्याइएको छ। त्यो नाङ्लो 'सुपो चिया चौतारी रेस्टुरेन्ट'को होडिङबोर्ड हो।

२० भन्दा बढी स्वादका चिया पाइने सो चिया चौतारीको मेन्यू पनि नाङ्लैमा दिइन्छ। जहाँ चियाका कप र खाजाका परिकार राखिएको हुन्छ।

सुपो चिया चौतारीमा चिया-कफी मात्र पाइँदैन, चाउमिन, मःम, रोल बर्गर, स्यान्डवीच जस्ता भेज र ननभेज खाजाका साथै मोहीबाट बनेको लेमाेनेड आइस टीको स्वाद पनि लिन पाइन्छ।

यो चिया चौतारीका सञ्चालक हुन् ज्योति पौडेल।

०००
पश्चिम नेपालका गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा नाङ्लोलाई सुपो भनिन्छ। पश्चिम अर्घखाँचीमा जन्मेका पौडेलका हजुर-आमाहरुले सुपो भनेरै नाङ्लोलाई चिन्थे। नाङ्लो भन्दा बुझ्दैनथे।

अहिले सुपोको पहिचान हराउँदै गएको छ। कतिपयले त सुपोको अर्थ नै बुझ्दैनन्। त्यही हराउन लागेको सुपोलाई ब्राण्ड बनाउन लागिपरेका छन् पौडेल। भन्छन्, 'गाउँघरको सुपोको पहिचान नाङ्लोले खाइदियो। त्यसैले 'सुपो' लाई जोगाइराख्न मैले रेस्टुरेन्टको नाम नै सुपो राखें।'

केही वर्ष वैदेशिक भूमिमा पसिना बगाएर फर्केपछि सुपो चिया चौतारी रेस्टुरेन्ट खोलेका पौडेल आफ्नो रुचिको क्षेत्र र पढाइ होटल लाइन नै भएकाले यो व्यवसाय अपनाएको बताउँछन्। उनले २०७८ साल चैतबाट यो रेस्टुरेन्टको सुरुवात गरेका हुन्।

Supu_brand (3)1662600552.jpg

Ncell 2
Ncell 2

८ वर्षअघि स्नातक तहको अन्तिम परीक्षा दिएलगत्तै पौडेल रोजगारीका लागि संयुक्त अरब इमरिटस् (यूएई) पुगे। उनले त्यहाँको एउटा फाइभ स्टार होटलमा काम गरे। काम गर्दै जाँदा सेवा-सुविधा राम्रो हुँदै गयो। कमाइ राम्रो थियो। 

'सबै ठिकठाक नै थियो। तर मन भने सधैं बेचैन। परिवारसँग छुटेर अर्काको देशमा काम गर्नु पर्दा छटपटी हुन्थ्यो। चाडपर्व आउँदा परिवार सम्झिन्थें। गाउँघर सम्झिन्थें,' पौडेल सुनाउँछन्, 'बरु नेपाल फर्किएर केही गर्न पाए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो।'

यही सोचले नेपाल फर्किने निर्णय गरे उनले। नेपाल फर्किएपछि आफ्नो पढाइ र अनुभवका आधारमा रेस्टुरेन्ट खोल्ने सोच बनाएका थिए।

उनी नेपाल फर्केपछि पौडेलले काष्ठमण्डप कलेजमा होटल म्यानेजमेन्ट पढाउन थाले। ‘बिहान कलेज पढाउँथे तर दिउँसो खाली समय त्यत्तिकै बिताउनुपर्थ्यो। दिउँसो पनि केही गर्न पाए हुने भन्ने लाग्थ्यो। त्यसपछि केही समय अनलाइन विजनेस गरें,’ उनले भने।

उनी अनलाइबाट पर्सहरु बेच्थे। यो व्यवसाय राम्रो चलेको थियो। तर कोभिडका कारण लकडाउन भयो। लकडाउनकै समयमा पनि केही समय यही कामलाई निरन्तरता दिए।

'अब आफ्नै रुचिको काम गर्नुपर्छ भनेर मैले अनलाइन विजनेसको काम छोडेर होटल सञ्चालन गर्ने तयारी गरें,' पौडेल भन्छन्, 'धेरै ठाउँ हेरें। अन्तिममा बागमती करिडोर क्षेत्र रोजें। तीनकुनेको बाग्मती पुलदेखि दोभान क्षेत्रसम्म रहेको बाग्मती करिडोर क्षेत्रमा हरियाली बोटबिरुवा  र पार्क समेत रहेकोले म आकर्षित भएँ।'

Supu_brand (5)1662600553.jpg

साथीसँग सल्लाह

रेस्टुरेन्ट खोल्ने पक्का भएपछि उनले साथीसँग सल्लाह गरे। उनी भन्छन्, 'होडिङबोर्ड अरुको भन्दा युनिक राख्नुपर्छ भन्ने सोच आयो। त्यसपछि सुपोको होङिबोर्ड राख्ने भएँ। रेष्टुरेन्टको नाम पनि सुपो नै राखियो।’

रेष्टुरेन्ट बनाउँदा उनले महँगा सामान प्रयोग गरेनन्। टेबुल, कुर्सी पनि खेर गइरहेका काठ प्रयोग गरेर बनाउन लगाए।

'फालेका डब्बा टिपेर रङ लगाई गमला बनाएँ। कबाडीबाट सस्तो मूल्यमा किनेर सजावटका सामान बनाएँ। थोत्रा टाएर ल्याएर मेच र राउण्ड टेबल बनाएँ। थोत्रा साइकलमा रङ भरेर बत्ति राखेर सजाएँ। सबै सामान कम खर्च लाग्ने मात्र प्रयोग गरें,' पौडेलले सुनाए।

आफ्नो चिया चौतारीमा चिया तथा खाजा खाएर फर्किएका ग्राहकहरु दोहोर्याएर आउने गरेको उनी बताउँछन्। यो रेस्टुरेन्टमा दैनिक चिया पिउन आउने ग्राहक धेरै छन्।

‘दैनिक चिया पिउन मात्रै दुई सयदेखि तीन सयसम्म ग्राहक आउँछन्। व्यवसाय राम्रो चलेको छ,’ उनले भने। उनको चिया चौतारीमा तीन जना कामदारले रोजगारी पाएका छन्।

Supu_brand (6)1662600553.jpg

‘यो एरिया हस्पिटालिटी विजनेस सेक्सन भएकाले ठूलाठूला रेस्टुरेन्ट पनि थपिइरहेका छन्। अब सेकेण्ड ठमेल वा सेकेण्ड झम्सिखेल बन्नेवाला छ यो क्षेत्र। करिअर र फ्युचर देखेर नै यहाँ लगानी गरेको हुँ,’ पौडेलले भने।

आफ्नो कामप्रति निकै लगनशील पौडेल सुपो चिया चौतारीको शाखा अन्य स्थानमा खोल्ने सोचमा छन्। काठमाडौंभित्रै अन्य शाखा खोल्ने उनको योजना रहेको उनले बताए।

विदेशमा बगाउने पसिना आफ्नै देशमा बगाउने हो भने यहीँ राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरण बनेका पौडेल युवाहरुलाई नेपालमै केही गर्न सुझाउँछन्।

भन्छन्, ‘नेपालमै छ असीमित पैसा। तर बुद्धि र विवेक प्रयोग गर्न भने जान्नु पर्छ।’

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्