• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वैदेशिक रोजगारीबाट विरक्तिएका युवा उद्यमी, जसले ‘सुपो’ लाई ब्राण्ड बनाउन चिया चौतारी खोले

64x64
कल्पना घिमिरे बिहीबार, भदौ २३, २०७९  ०७:१६
1140x725

काठमाडौं- बागमती करिडोर क्षेत्रभित्र एउटा रेस्टुरेन्ट छ, जसको अगाडिपट्टि 'सुपो' लेखिएको ठूलो नाङ्लो झुण्ड्याइएको छ। त्यो नाङ्लो 'सुपो चिया चौतारी रेस्टुरेन्ट'को होडिङबोर्ड हो।

२० भन्दा बढी स्वादका चिया पाइने सो चिया चौतारीको मेन्यू पनि नाङ्लैमा दिइन्छ। जहाँ चियाका कप र खाजाका परिकार राखिएको हुन्छ।

सुपो चिया चौतारीमा चिया-कफी मात्र पाइँदैन, चाउमिन, मःम, रोल बर्गर, स्यान्डवीच जस्ता भेज र ननभेज खाजाका साथै मोहीबाट बनेको लेमाेनेड आइस टीको स्वाद पनि लिन पाइन्छ।

यो चिया चौतारीका सञ्चालक हुन् ज्योति पौडेल।

०००
पश्चिम नेपालका गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा नाङ्लोलाई सुपो भनिन्छ। पश्चिम अर्घखाँचीमा जन्मेका पौडेलका हजुर-आमाहरुले सुपो भनेरै नाङ्लोलाई चिन्थे। नाङ्लो भन्दा बुझ्दैनथे।

अहिले सुपोको पहिचान हराउँदै गएको छ। कतिपयले त सुपोको अर्थ नै बुझ्दैनन्। त्यही हराउन लागेको सुपोलाई ब्राण्ड बनाउन लागिपरेका छन् पौडेल। भन्छन्, 'गाउँघरको सुपोको पहिचान नाङ्लोले खाइदियो। त्यसैले 'सुपो' लाई जोगाइराख्न मैले रेस्टुरेन्टको नाम नै सुपो राखें।'

केही वर्ष वैदेशिक भूमिमा पसिना बगाएर फर्केपछि सुपो चिया चौतारी रेस्टुरेन्ट खोलेका पौडेल आफ्नो रुचिको क्षेत्र र पढाइ होटल लाइन नै भएकाले यो व्यवसाय अपनाएको बताउँछन्। उनले २०७८ साल चैतबाट यो रेस्टुरेन्टको सुरुवात गरेका हुन्।

Supu_brand (3)1662600552.jpg

Ncell 2
Ncell 2
nimb
nimb

८ वर्षअघि स्नातक तहको अन्तिम परीक्षा दिएलगत्तै पौडेल रोजगारीका लागि संयुक्त अरब इमरिटस् (यूएई) पुगे। उनले त्यहाँको एउटा फाइभ स्टार होटलमा काम गरे। काम गर्दै जाँदा सेवा-सुविधा राम्रो हुँदै गयो। कमाइ राम्रो थियो। 

'सबै ठिकठाक नै थियो। तर मन भने सधैं बेचैन। परिवारसँग छुटेर अर्काको देशमा काम गर्नु पर्दा छटपटी हुन्थ्यो। चाडपर्व आउँदा परिवार सम्झिन्थें। गाउँघर सम्झिन्थें,' पौडेल सुनाउँछन्, 'बरु नेपाल फर्किएर केही गर्न पाए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो।'

यही सोचले नेपाल फर्किने निर्णय गरे उनले। नेपाल फर्किएपछि आफ्नो पढाइ र अनुभवका आधारमा रेस्टुरेन्ट खोल्ने सोच बनाएका थिए।

उनी नेपाल फर्केपछि पौडेलले काष्ठमण्डप कलेजमा होटल म्यानेजमेन्ट पढाउन थाले। ‘बिहान कलेज पढाउँथे तर दिउँसो खाली समय त्यत्तिकै बिताउनुपर्थ्यो। दिउँसो पनि केही गर्न पाए हुने भन्ने लाग्थ्यो। त्यसपछि केही समय अनलाइन विजनेस गरें,’ उनले भने।

उनी अनलाइबाट पर्सहरु बेच्थे। यो व्यवसाय राम्रो चलेको थियो। तर कोभिडका कारण लकडाउन भयो। लकडाउनकै समयमा पनि केही समय यही कामलाई निरन्तरता दिए।

'अब आफ्नै रुचिको काम गर्नुपर्छ भनेर मैले अनलाइन विजनेसको काम छोडेर होटल सञ्चालन गर्ने तयारी गरें,' पौडेल भन्छन्, 'धेरै ठाउँ हेरें। अन्तिममा बागमती करिडोर क्षेत्र रोजें। तीनकुनेको बाग्मती पुलदेखि दोभान क्षेत्रसम्म रहेको बाग्मती करिडोर क्षेत्रमा हरियाली बोटबिरुवा  र पार्क समेत रहेकोले म आकर्षित भएँ।'

Supu_brand (5)1662600553.jpg

साथीसँग सल्लाह

रेस्टुरेन्ट खोल्ने पक्का भएपछि उनले साथीसँग सल्लाह गरे। उनी भन्छन्, 'होडिङबोर्ड अरुको भन्दा युनिक राख्नुपर्छ भन्ने सोच आयो। त्यसपछि सुपोको होङिबोर्ड राख्ने भएँ। रेष्टुरेन्टको नाम पनि सुपो नै राखियो।’

रेष्टुरेन्ट बनाउँदा उनले महँगा सामान प्रयोग गरेनन्। टेबुल, कुर्सी पनि खेर गइरहेका काठ प्रयोग गरेर बनाउन लगाए।

'फालेका डब्बा टिपेर रङ लगाई गमला बनाएँ। कबाडीबाट सस्तो मूल्यमा किनेर सजावटका सामान बनाएँ। थोत्रा टाएर ल्याएर मेच र राउण्ड टेबल बनाएँ। थोत्रा साइकलमा रङ भरेर बत्ति राखेर सजाएँ। सबै सामान कम खर्च लाग्ने मात्र प्रयोग गरें,' पौडेलले सुनाए।

आफ्नो चिया चौतारीमा चिया तथा खाजा खाएर फर्किएका ग्राहकहरु दोहोर्याएर आउने गरेको उनी बताउँछन्। यो रेस्टुरेन्टमा दैनिक चिया पिउन आउने ग्राहक धेरै छन्।

‘दैनिक चिया पिउन मात्रै दुई सयदेखि तीन सयसम्म ग्राहक आउँछन्। व्यवसाय राम्रो चलेको छ,’ उनले भने। उनको चिया चौतारीमा तीन जना कामदारले रोजगारी पाएका छन्।

Supu_brand (6)1662600553.jpg

‘यो एरिया हस्पिटालिटी विजनेस सेक्सन भएकाले ठूलाठूला रेस्टुरेन्ट पनि थपिइरहेका छन्। अब सेकेण्ड ठमेल वा सेकेण्ड झम्सिखेल बन्नेवाला छ यो क्षेत्र। करिअर र फ्युचर देखेर नै यहाँ लगानी गरेको हुँ,’ पौडेलले भने।

आफ्नो कामप्रति निकै लगनशील पौडेल सुपो चिया चौतारीको शाखा अन्य स्थानमा खोल्ने सोचमा छन्। काठमाडौंभित्रै अन्य शाखा खोल्ने उनको योजना रहेको उनले बताए।

विदेशमा बगाउने पसिना आफ्नै देशमा बगाउने हो भने यहीँ राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरण बनेका पौडेल युवाहरुलाई नेपालमै केही गर्न सुझाउँछन्।

भन्छन्, ‘नेपालमै छ असीमित पैसा। तर बुद्धि र विवेक प्रयोग गर्न भने जान्नु पर्छ।’

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज ५, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउ... आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्