• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेश सभाका पाँच वर्ष : प्रदेशको नाम, राजधानी र ६७ विधेयक नै मुख्य उपलब्धि

64x64
शेरबहादुर ऐर आइतबार, भदौ २६, २०७९  २०:१३
1140x725

धनगढी- संघीयता कार्यान्वयनपछि गठित सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षे कार्यकाल आगामी असोज ३० गते सकिँदैछ। गत शुक्रबार बसेको अन्तिम बैठकले निर्वाचनको प्रक्रिया सुरु भएसँगै प्रदेश सभाको अन्त्य भएको घोषणा गरिसकेको छ।

सुदूरपश्चिम प्रदेश सभाले पाँच वर्षको अवधिमा सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६७ वटा कानुन निर्माण गरेको छ। सभाबाट पारित भएका तीन वटा विधेयक भने प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी रहेको सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले बताए।

प्रदेश सभाले पछिल्लो एक सातामा पारित गरेका निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण प्रक्रियामा रहेका छन्।

सभाले पारित गरेको प्रदेश रेडियो, एफएम तथा टेलिभिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कार्यान्यवन हुन सकेको छैन। आम सञ्चारमाध्यमलाईं कुण्ठित गर्न विधेयक ल्याएको भन्दै विरोध भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आम सञ्चार नीति ल्याउने तयारी गरेको छ। नीतिबारे छलफल भए पनि सभामा भने पेस भएको छैन।

प्रदेशको नाम राखियो, राजधानी तोकियो 
प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित गरेको थियो। प्रदेश सरकारले राजधानी घोषणा गरे पनि हालसम्म भौतिक संरचना निर्माण लगायतका कुनै पनि प्रगति भने गर्न सकेको छैन।

प्रदेश सभाका सभामुख थापाले भने, ‘सभाले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन भएको छ। सरकारको जिम्मेवारी कति पूर्ण भयो, त्यसबारे भने सरकार सजग हुनुपर्छ।’

महालेखा परीक्षकको प्रतिवेदन सभामा पेस भएन
सुदूरपश्चिम प्रदेश सभामा महालेखा परीक्षकको एक वार्षिक प्रतिवेदनबाहेक अन्य पेस हुन सकेन। कार्यकाल सकिनै लाग्दा महालेखा परीक्षकको प्रतिवेदन २०७५ मात्र सभामा पेस भएको हो।

महालेखा परीक्षकको कार्यालयले प्रदेशका चार वटा वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ। आर्थिक वर्ष २०७५ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको दुई वर्षपछि मात्र सभामा पेस गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

महालेखा परीक्षकको कार्यालयले २०७७, २०७८ र २०७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरे पनि प्रदेश सरकारले सभामा छलफलका लागि पेस नगरेको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले बताइन्। 

प्रदेश सभामा पेस नभई समितिले चार वटा प्रतिवेदनमा प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख सचिव, विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव लगायतलाई बोलाई छलफल गरी सुझाव तथा निर्देशन दिइएको उनले बताइन्।

‘प्रतिवेदनमाथिको छलफल सभामा व्यापक हुनुपर्ने थियो,’ उनले भनिन्, ‘प्रदेश सरकारले आफ्ना कमजोरीमाथि प्रदेश सभा सदस्यहरुले आवाज उठाउने देखेपछि प्रतिवेदन नै पेस गर्न सकेन।’

प्रदेश सवारी तथा यातायात ऐन पारित
सुदूरपश्चिम प्रदेश सभाले प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश सभाको दसौं अधिवेशनको २७औं बैठकबाट सभामुख अर्जुनबहादुर थापाले विधेयक सर्वसम्मतिले पारित भएको जानकारी दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले विधेयक पारितका लागि प्रस्ताव पेस गरेका थिए। 

साथै, सभामा विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिको प्रथम प्रतिवेदन २०७९ सभामा पेस भएको थियो।

मुख्यमन्त्रीमा पाँचै वर्ष भट्ट 
मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यकाल पूरै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको विघटनपछि देशका पाँच प्रदेशमा मुख्यमन्त्री परिवर्तन भए पनि सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र मधेश प्रदेशका लालबाबु रावतले पाँच वर्ष कार्यकाल पूरा गरेका हुन्। 

२०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रबाट पहिलो पटक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा भट्ट नियुक्त भएका थिए। प्रदेशका मुख्यमन्त्री नियुक्त भएसँगै ५ गते उनले प्रदेश प्रमुख मोहनराज मल्लबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। सोही दिन उनले ६ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए।

नेकपा विभाजनसँगै पद धरापमा रहँदा २०७८ साल जेठ २५ गते मुख्यमन्त्री भट्टले ५२ सदस्य रहेको प्रदेश सभामा दोस्रो पटक विश्वासको मत लिएका थिए। भट्टले सभाबाट पक्षमा ३० र विपक्षमा ९ मत प्राप्त गरेका थिए।

नेकपा माओवादीका नेता मुख्यमन्त्री भट्टले नेकपा विघटनपछि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा गठबन्धनको सरकार गठन गरेका थिए। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले प्रदेशको विकासमा एक आधारशीला तयार पारेको दावी गरेका छन्। उनले अन्य प्रदेशमा मन्त्रालय बढाए पनि प्रदेश सरकारले मन्त्रालय बढाउने काम नगरेको बताए।

‘जनताले लाभ लिने कुरा र संघीयताप्रति आशा तथा विश्वास कायम गर्ने काम भएको छ,’ उनले भने, ‘संघीयता आएपछि जादुको छडीझैं विकास भइहाल्ने र जनताका आशा एकै साथ बढ्दा जनतामा प्रदेश सरकारप्रति निराशा व्यक्त गरिरहेका छन्।’ उनले संघीय सरकारले संविधानले प्रदेशका साझा अधिकारहरुमा असहयोग गर्दा प्रदेश सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताए। 

प्रदेश सभा सदस्यहरुको मिश्रित प्रतिक्रिया 
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले पाँच वर्षे कार्यकाललाई मिश्रित रुपमा व्याख्या गरेका छन्। प्रतिपक्षी दलहरुले सरकारलाई आलोचना गरेका छन् भने सत्तापक्षका सदस्यहरुले कार्यकाल सन्तोषजनक, चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले प्रदेश सभाको पाँच वर्षे कार्यकाललाई तितो अनुभवका रुपमा लिएको बताए। उनले भने, ‘सरकारले जनताको पक्षमा काम गर्न सकेन। सभामा उठाएका प्रश्नहरुमा सरकार गम्भीर भएन। प्रदेश सरकारले जनताले देख्ने गरी कुनै पनि काम गर्न सकेन। आर्थिक अनियमितता, भ्रष्टाचार वृद्धि भएको छ। जनतालाई प्रदेश सरकार छ भन्ने अनुभूति सरकारले दिन सकेन।’ 

नेकपा एमालेका सांसद कृष्णराज सुवेदीले सरकारले जनताको भन्दा पनि कार्यकर्ता र आफन्त खुसी बनाउने गरी काम गरेको बताए। उनले प्रदेश सरकार जनताको साथमा छ भन्ने गरी सरकारले काम गर्न नसकेको उल्लेख गरे। उनले सभाबाट पारित भएका ऐनहरु पनि प्रदेश सरकारले कार्यान्वयन गर्न नसकेको आरोप लगाए। ‘सभाबाट जनताका पक्षमा महत्वपूर्ण ऐनहरु पारित भएका छन्। तर सरकारले त्यसको कार्यान्वयनमा ध्यान दिएन,’ उनले भने।

एकीकृत समाजवादी पार्टीकी प्रदेश सभा सदस्य पूर्णा जोशीले संघीयतापछिको पहिलो प्रदेश सभा भएकाले अपेक्षा अनुसारका धेरै काम गर्न नसकिएको बताइन्। ‘संघीयता नौलो अभ्यास हो। यहाँ व्यक्तिका गल्तीहरुलाई देखाएर प्रणालीलाई विफल बनाउने काम नहोस्,’ उनले भनिन्, ‘संघीयता कार्यान्वयनमा देखिएका कमजोरीलाई अझै परिस्कृत गर्दै लगेमा यसबाट प्रदेशको विकास, संविधानको रक्षा र आम जनताको चाहना अनुसार कार्यहरु गर्न थप मद्दत पुग्छ।’

प्रदेशको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले प्रदेश सरकार अन्र्तगतका निकाय तथा संस्थामा देखिएका अनियमितता, बेरुजु, सार्वजनिक साधन र स्रोतको हिनामिना, चुहावट तथा भ्रष्टाचारजन्य काम कारबाहीलाई न्यूनीकरण गर्न समितिले प्रभावकारी भूमिका निर्वाह गरेको बताइन्।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्