काठमाडौं– काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा बनेका अवैधानिक संरचना हटाउन थालेको छ।
महानगरले यसअघि उक्त क्षेत्रमा बनेका अवैध संरचना हटाउनु भन्दै सूचना जारी गरेको थियो। काठमाडौं महानगरपालिका मेयर बालेन शाह आफैं अनुगमनमा पुगेर अवैध रुपमा निर्माण भएका संरचना तत्काल खाली गर्न नत्र महानगरले ‘डोजर’ लगाएर हटाउने चेतावनी दिएका थिए।
काठमाडौंका केही स्थानमा मेयर शाह आफैं पुगेर ‘डोजर’ पनि लगाएका थिए। महानगरले सुरुमा ३५ दिनको सूचना जारी गर्दै अवैधानिक संरचना आफैं हटाउन भनेको थियो। बानेश्वरस्थित अल्फाविटामा मेयर शाहले आफैं अग्रसर भएर केही संरचनामा डोजर चलाएका थिए।
काठमाडौंका अन्य स्थानमा पनि महानगरले अवैध संरचना हटाउन निर्देशन दिएको छ। न्यूरोड, गौशाला लगायतका क्षेत्रमा महानगरले यस्तो चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।