काठमाडौं– यही भदौ २९ गते दिउँसो २ बजेदेखि राति ९ बजेसम्म काठमाडौं महानगरको हनुमानढोका क्षेत्रमा यातायात बन्द हुने भएको छ।
महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)ले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उक्त दिन यातायात बन्द हुनेबारे जानकारी दिएका हुन्।
‘हाम्रो जात्रा पर्व, हाम्रो गर्व। यही भाद्र २९ गतेका दिन दिनको २ बजेदेखि ९ बजेसम्म निम्न नक्सामा रहेको पहेँलो रङ्गको घेराभित्र सम्पूर्ण यातायात बन्द गरिएको जानकारी गराउँदछु’, मेयर बालेनले सेयर गरेको न्हुच्छेकाजी महर्जनको पोस्टमा लेखिएको छ, ‘अटेरी गरेमा जात्राभित्र फस्नु हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।