काठमाडौं– मेची भन्सार कार्यालय, झापाका तत्कालीन अधिृकतसहित ५ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। भन्सार अधिृकत मनोजकुमार विकसहित ५ जनालाई विशेष अदालतले आइतबार सफाइ दिएको हो।
न्यायाधीश श्रीकान्त पौडेल र बलभद्र बास्तोलाको इजलासले विकसहित ५ जनालाई सफाइ दिएको हो।
सागर एण्ड साधना विजनेश प्रालिले मालवस्तु आयात गर्दा एउटा सामानलाई अर्कै सामान भनी गलत घोषणा गरेका सामानलाई मेची भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा जाँचपास गरिएको थियो।
मालवस्तु आयत गर्ने आधिकारिक पैठारीकर्ता फर्मले ब्राण्डेड मालवस्तु पैठारी गर्दा स्पष्टसँग उत्पतिको मुलुक, मालवस्तुको स्पेसिफिकेशन खुलाइ पैठारी गर्नुपर्ने र पैठारीकर्ताले मालवस्तुको स्पेसिफिकेशन खुलाइ भन्सार जाँचपासको लागि पेस गर्नुपर्नेमा त्यसो नगरी गोलमोटलमा सामानको नाम मात्र भन्सार जाँच पास गराएको पाइएको थियो।
उक्त जाँचपासमा पैठारीकर्ता तथा भन्सार एजेन्टको मिलमतो रहेको पाइएको थियो। ६५ लाख ४० हजार ६ रुपैयाँ राजश्व लिनुपर्नेमा मिलेमतोमा १० लाख २९ हजार ४१० रुपैयाँ मात्रै भन्सार लिएर भ्याट लिएको देखाइ भन्सार जाँचपास गरेर भ्रष्टाचार गरको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
सागर एण्ड साधना विजनेस प्रालिका संचालक लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे तथा भन्सार एजेन्ट दीपेन्द्रराज पाण्डे, भन्सार अधिकृत मनोज कुमार विक र जाँचकी नासु सनद खतिवडको मिलेमतो देखिएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।
मिलेमतोमा वास्तविक तिर्नुपर्ने राजस्व नतिरी राजस्व चुहावट गराइ मालवस्तु पैठारी गरेको दाबी गर्दै उनीहरुविरुद्ध ५५ लाख १० हजार ५९६ रुपैयाँ जरिवाना मागदाबी गरिएको थियो। तर उक्त मुद्दामा विशेषले उनीहरु पाँचै जनालाई सफाइ दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।