काठमाडौं- भजन गायक सशान कँडेलको नयाँ गीत सार्वजनिक भएको छ। भजन 'बोलिदेन पापी मन' रिलिज गरिएको हो।
सशानलाई यो भजनमा गायिका उन्नति कँडेलले साथ दिएकी छन्। भजन गायक हिरालाल कँडेलकी छोरी उन्नतिको यो पहिलो भजन हो।
हिरालाल कँडेलकै शब्द संगीतमा तयार पारिएको यो भजनलाई सन्जय हमालले संगीत संयोजन गरेका हुन्। भजनको भिडियो समेत बनेको छ।
दीपक गौतम, प्रदीप ओझा, प्रकाश सापकोटा, पुष्पा आचार्यलगायत कलाकारहरुको अभिनय रहेको भिडियोमा दीपक गिरिको छायांकन, विकास दाहालको सम्पादन र कँडेलकै निर्देशन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।