फाइल तस्बिर
काठमाडौं– पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज आपत्कालीन अवतरण गरिएको छ।
आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको उक्त जहाजमा समस्या आएपछि उडेको ७ मिनेटपछि पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।
जहाजमा इण्डिकेशनमा समस्या आएपछि सोही विमानस्थलमा अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।
क्याप्टेनले सिंगल इन्जिनबाट जहाज अवतरण गराएको र इन्जिनियरहरुले चेकजाँच गरेपछि समस्याको पहिचान हुने चालिसेले बताए। उक्त जहाजमा १८ यात्रु सवार थिए। सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।