१. नेपालको संसदीय निर्वाचनको इतिहासः ६० वर्षमा सात निर्वाचन, पाँच लाख मतदाता बढ्ने अनुमानसँगै मंसिरको निर्वाचनमा मतदाताको संख्या १ करोड ८२ लाख हारहारी पुग्ने। (संसदीय निर्वाचनको इतिहास)
२. आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन एमाले नेता, कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन, निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने दाबी। (नेता, कार्यकर्तालाई ओलीको निर्देशन)
३. प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने कांग्रेस महामन्त्री गगन थापाको दाबी, चुनाव आएपछि हारिएला कि भन्ने डर सधैँ हुने उल्लेख। (गगन थापाको दाबी)
४. देश छाडेर भागेपछि अस्थायी भिसामा थाईल्यान्डमा बसिरहेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबय राजपक्ष सिङ्गापुर हुँदै स्वदेश फर्किए, राजपक्षको स्वदेश फिर्ती नवगठित सरकारका लागि संवेदनशील विषय। (भागेका पूर्वराष्ट्रपति श्रीलंका फर्किए)
५. र, नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाल आइपुग्यो बंगलादेशको टोली, माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने। (बंगलादेशको टोली नेपालमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।