हेटौंडा– मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च १९४२ नम्बरको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।