काठमाडौं– देशभरमा कोभिड-१९ को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोभिड–१९ को महामारीमा परी १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन्। शुक्रबार तीन जना संक्रमितले ज्यान गुमाएका थिए।
पछिल्लो २४ घण्टामा थप २ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ। ३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा संक्रमण पुष्टि जनाएको हो।
सोही अवधिमा देशभरमा ३३९ जनालो कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको हाल संख्या २ हजार ६४२ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।