काठमाडौं– काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति साढे ८ बजेतिर फर्पिङबाट सिस्नेरीतर्फ जाँदै गरेको बा.प्र.–०१–००४ क ०६३२ नम्बरको मिनीट्रक आफैं अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ। उक्त ट्रकमा सवार २ जना पुरुष गम्भीर चोटपटक लागेको अवस्थामा अचेत फेला परेको थिए।
दुर्घटनामा घाइते उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी मनमोहन अस्पताल (फर्पिङ) पुर्याएका छन्। उनीहरू बोल्न सक्ने अवस्था छैनन्। उपचार जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।