काठमाडौं– नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राजकुमार श्रीमललाई पक्राउ गरेको हो।
सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईँको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोहि ठाउँका २२ वर्षीय राजकुमार श्रीमललाई पक्राउ गरेको हो।
गत साउन १९ गतेदेखि हालसम्म ६ जना नक्कली परीक्षार्थीहरुलाई ट्राफिक प्रहरीले जनाएको छ। नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाएको छ। गत साउन १९ गते राधेराधे ट्रायल सेन्टरबाट ललितपुरको लुभु बस्ने २३ वर्षीयय सन्तोष थापाको नाममा ट्रायल दिदै गर्दा भक्तपुरको गठ्ठाघर बस्ने २२ वर्षीय सुजन भट्टराई र यही भदौ १४ गते सबिन सेन्जुको नाममा ट्रायल दिँदै गर्दा मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
यस्तै गत साउन २३ गते काठमाडौंको गुर्जुधाराबाट काठमाडौको छैमले बस्ने ३० वर्षीय रामचन्द्र खतिवडाको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका ३५ वषीैय साजन आचार्य र यहि भदौ १३ गते पाँचथर घर भई हाल सतुङगल बस्ने आईन्द्रा आङदावेको नाममा ट्रायल दिँदै गर्दा पाँचथर घर भई हाल सतुङगल बस्ने बृज फाङक लिम्बुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। यिमध्ये सन्तोष थापाको नाममा ट्रायल दिने सुजन भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।