काठमाडौं– दसौं हेल्थ अवार्ड प्रदान गरिएको छ। राजधानीमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच सो अवार्ड प्रदान गरिएको हो।
कोभिड–१९ को महामारीका बेला निर्भिकरुपमा अहोरात्र रुपमा अग्रपंक्तिमा रहेर कोभिडका बिरामीको उद्धार, उपचार तथा उपचारका लागि आवश्यक स्रोतसाधन जुटाउने कार्यमा महत्वपूर्ण योगदान दिने व्यक्ति, संस्थालाई अवार्ड तथा विशेष सम्मान प्रदान गरिएको छ।
कार्यक्रममा कोभिड च्याम्पियन डाक्टर, नर्स, जनस्वास्थ्यकर्मी, अस्पताल, प्रयाेगशालाकर्मी, एम्बुलेन्स सेवा लगायत विभन्न विधामा अवार्ड प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए।
डा. अनुप बास्ताेला, डा. निरा पाठक, नर्स आविश्वनी गुरुङ, सामूदायिक महिला स्वास्थ्य स्वयंसेविका लीला थापा,
स्वास्थ्यकर्मी लालबहादुर रोकाया लगायतले अवार्ड प्राप्त गरेका छन्।
कार्यक्रममा सांसद गगन थापा, प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापालाई कोभिड च्याम्पियन विशेष सम्मान गरिएको छ। सशस्त्र प्रहरी बल अस्पताललाई पनि विशेष सम्मान गरिएको छ।
अवार्ड प्राप्त गर्ने र सम्मानित हुनेहरुलाई सम्मानपत्र र ट्रफी प्रदान गरिएको छ।
स्वास्थ्य खबर पत्रिकाको तेह्रौं र नेपाल लाइभ डटकमको छैटाैं वर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा विशेष कार्यक्रम पनि मनाइएको छ। कार्यक्रम हेल्प पब्लिकेशन प्रा.लि.का अध्यक्ष अनिल न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ।
1662129716.jpg)
1662129715.jpg)
1662129714.jpg)
1662129714.jpg)
1662129715.jpg)
1662129812.jpg)
1662129812.jpg)
1662129813.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।