प्रतिकात्मक तस्बिर
पोखरा– पोखरा महानगरपालिका वडा नं. १४ छिनेडाँडामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छिनेडाँडाकी ४४ वर्षीय बिमला गुरुङको आफ्नै श्रीमान ४६ वर्षीय लोकबहादुर गुरुङको खुकुरी प्रहारबाट मृत्यु भएको हो।
मृतकका श्रीमान ४६ वर्षीय लोकबहादुरको खुकुरी प्रहारबाट बिमलाको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।