काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार यस वर्ष परीक्षामा ४८ प्रतिशत परीक्षार्थी सफल भएका छन्। ५२ प्रतिशत परीक्षार्थीको नतिजा एनजी (नन ग्रेडिङ) आएको छ। प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी उल्लेख हुनेछ। बोर्डले यस्तो व्यवस्था पहिलोपटक लागू गरेको हो।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन्। एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन्। दुई विषयमा मात्रै एनजी आएमा भने ग्रेडवृद्धि परीक्षा दिन पाइनेछ।
यस वर्षको परीक्षामा जीपीए ४ ल्याउने परीक्षार्थीको संख्या शून्य रहेको छ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए। देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।
१ लाख ८८ हजार ४ सय १० जनाले NG ल्याए । तीमध्ये १ लाख ३० हजार ७ सय ७८ ले Grade Promotion Exam दिन पाउँछन् । बाँकी ५७ हजार ६ सय ३२ जनाले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ । Exam असोज ३० र ३१ गते हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।