धनगढी– धनगढी उपमहानगरपालिका–१५ उर्मास्थित एक थान भरुवा बन्दुक, बारुद लगायत अवैध सामाग्रीसहित एक स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक थान १, सोही बन्दुकमा प्रयोग हुने गन्दक ८०० ग्राम, बारुद १०० ग्राम, छर्रा १२ पिस र बँदेलजस्तो देखिने जंगली जनावरको मासु ३ किलो ५०० ग्रामसहित फेला पारी पक्राउ गरेको हो।
विषेश सूचनाको आधारमा जिल्ला कार्यालयबाट सादा पोशाकका प्रहरी र कनरी चौकीबाट गएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बरामद सामानसहित ५५ वर्षीय रानालाई आवश्यक कारवाहीको लागि हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।