काठमाडौं– शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त बनाउन आग्रह गरेका छन्।
६९ औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त आग्रह गरेका हुन्। विश्वविद्यालयमा समस्या रहेको तर त्यसलाई छलफल संवादबाट समाधान गर्न आग्रह गरे।
‘हामी सबै मिलेर एउटा संकल्प गरौँ। विश्वविद्यालयमा ताला नलगाऔँ। विश्वविद्यालयलाई ताला मुक्त बनाऔँ। विश्वविद्यालयमा पठन पाठन गर्ने वातावरण बनाऔँ। समस्या छन्,’ पौडेलले भने,‘समस्या हल गर्ने भनेको लोकतान्त्रिक तरिका, वार्ताको तरिका, छलफलको तरिका, संवादको तरिका अपनायौँ भने हामी समस्यालाई समाधान गर्न सक्छौँ। त्यसकारण विश्वविद्यालयलाई ताला मुक्त अभियानमा लागौँ।’
२०७२को भूकम्पले भत्काएको भवन, शंकरदेव क्याम्पसका पूर्व विद्यार्थीहरुको सहयोगमा निर्माण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।