सांकेतिक तस्बिर
दाङ– घाँस काटने क्रममा रुखबाट लडेर सल्यानमा एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका-१ आपचौर बस्ने १५ वर्षीया रुपा पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
बुधबार साँझ ६ बजे घाँस काट्न गएकी पुलामी अबेरसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा उनको घरनजिकै अन्दाजी एक किलोमlटर पश्चिममा रहेको झालेपहर भिरबाट ५० मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घाँस काट्न रुख चढ्ने क्रममा खसेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
घटनाको जानकारी बिहीबार बिहान करिब १२ं बजे मात्रै प्रहरीले पाएकाे र जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्तोष खनालको टोली घटनास्थल पुगेको थियो। अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।