काठमाडौं– त्रिभुवन विश्वविद्यालयले भारतका विभिन्न स्थानका विश्वविद्यालयबाट विभिन्न तहमा हासिल गरेका शैक्षिक योग्यताको समकक्षता प्रदान गर्ने कार्य स्थगन गरेको छ। त्रिविको पाठ्यक्रम विकास केन्द्रले जरुरी सूचना जारी गर्दै स्थगनबारे जानकारी दिएको हो।
भारतको राजस्थानको सिंघानियाँ विश्वविद्यालय, राजस्थानकै मेवार विश्वविद्यालय, झारखण्डको साइनाथ विश्वविद्यालय र पञ्जाबको लभ्ली प्रोफेशनल विश्वविद्यालयबाट लिएका विभिन्न तहको शैक्षिक योग्यताको समकक्षता दिने कार्य पाठ्यक्रम विकास केन्द्रले हाललाई बन्द गरेको सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।