काठमाडौ– नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको भाउ बढाएको छ। निगमले बिहिबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर मूल्य वृद्धिको जानकारी दिएको छ।
विज्ञप्तिमा जनाइएअनुसार डिजेल र मट्टितेलको साविक मूल्य रू. १७२ मा रू.६ बढाएर १७८ पुर्याएको छ। पेट्रोल, हवाई इन्धन आन्तरिक र बाह्य तथा खाना पकाउने एलपी ग्यासतर्फ भने मूल्य नगरिएको जनाइएको छ।
इण्डियन आयल कर्पोरेसनले पछिल्लो १५ दिनमा बढाएर पठाएको मूल्यसँग समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरिएको निगमको दाबी छ। मूल्य बढाएको अवस्थामा पनि हाल निगमलाई दैनिक ३० करोड ५२ लाख रुपैयाँ घाटा रहेको उसले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।