धनगढी– सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारकोे बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेशसभाको १०औं अधिवेसन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरु प्रचारऔप्रसारमा केन्द्रित भएपछि सभाको बैठक आज अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको हो ।
बिहीबार बिहान ८ बजे बैठक बस्ने गरी बैठक अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहराले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।