धनगढी– गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले भोलि भदौ १७ गते सार्वजनिक बिदा दिएको छ। आज बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि प्रदेश सरकारको निर्णय अनुसार नै १७ गते बिदा दिने भनेर प्रदेश राजपत्रमा प्रकाशित भएपनि बुधबार एक सूचना जारी गर्दै १७ गते को बिदा कटौती गरेको थियो। प्रदेश सरकारको यो निर्णयले चौतर्फी विरोध समेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।