काठमाडौं– काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होडिङ बोर्ड हटाएको छ।
उक्त डिजिटल होडिङ बोर्ड मापदण्डविपरीत रहेको काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख राजु पाण्डेले बताए। उनले महानगरभित्रका सबै बोर्डहरू हटाउने तयारी रहेको बताए। जसका लागि महानगरभित्र रहेको सबैभन्दा ठूलो डिजिटल होडिङ बोर्ड हटाएको बताए।
‘अनुमतिबिना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि थियो। उक्त बोर्ड हटाउनको लागि हामीले पटकपटक अनुरोध गरेका थियौ’ पाण्डेले भने ‘होडिङ बोर्डले महानगरलाई कुरूप बनाएको छ। त्यसैले अब महानगरभित्र भएको सबै होडिङ बोर्ड हट्छ। जसका लागि हामी आउट सोर्सिङ गर्ने तयारीमा छौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।