काठमाडौं– काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। यस लागि आविष्कार केन्द्रसंग सहकार्य अगाडि बढाइसकेको छ। ६ वर्ष अघि बिग्रेको महानगरको गाडी आविष्कार केन्द्रले मर्मत गरेको छ।
'काठमाडौं महानगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य गरेर अगाडि बढ्ने विषयको छलफलमा प्रगति हुँदै गएको छ।
यसै वर्ष काठमाडौं महानगरमा उचित स्थान छनोट गरेर काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्नेछ' महानगरका मेयर बालेनको स्वकीय सचिव भुपदेव शाहले भने 'स्वास्थ्य चौकी, पार्कलगायत अन्य क्षेत्रमा तिर्नुपर्ने शुल्कलाई पुर्णरुपमा डिजिटलाइज गर्न सहकार्य गर्ने गरी कामहरु हुनेछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।