फाइल तस्बिर
काठमाडौं– चितवनका विभिन्न ठाउँमा गएको पहिरोका कारण मुग्लिन - नारायणगढ सडकखण्ड बिहानैदेखि अवरुछ भएको छ।
पहिरोले बन्द उक्त सडकखण्ड खुलाउन झण्डै ५ घण्टा लाग्ने प्रहरीले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ। त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ। यसअघि मंगलबार राति खसेको पहिरो हटाएर बुधबार बिहान साढे ८ बजेदेखि मुग्लिन नारायणगढ सडकखण्ड खुलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।