सांकेतिक तस्बिर
काठमाडौं– बुद्धनगरस्थित एक घरको ६ तला माथिबाट हामफालेका किशोर र किशोरीको मृत्यु भएको छ ।
बुधबार दिउँसाे हामफालेका दुवै जना गम्भीर घाइतेका भएका थिए । उद्धार गरी नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएका उनीहरु दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जना १४ वर्षका रहेको र किशोर भारत घर भई हाल पेप्सीकोलामा बस्दै आएको र नेपाली किशोरी घट्टेकुलो बस्दै भएको खुलेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।