काठमाडौं– धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमसहित १३ जनाविरुद्ध १ करोड १४ लाखभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनिहरूमाथि धनुषाको साविक भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको जग्गामा अनियमितता गरेको लगाइएको छ।
गुठीको स्वामित्वमा रहेको जग्गामा कीर्ते मोही कायम गरेर मुआब्जा वितरण गरि अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रमुख जिल्ला अधिकारीसहितको मुआब्जा निर्धारण समितिले गुठी संस्थाकै खातामा हुनुपर्ने एक करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ प्रचलित कानुनको व्यवस्था विपरीत मोही कायम हुनै नसक्ने व्यक्तिहरुलाई मोही कायम गराई वितरण गरेको अख्तियारले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देशन गरे अनुसार सोही ऐनको दफा ३ (१) बमोजिम जरिवाना गरि सोही ऐन अनुसार कैद सजायसहित बिगो मागदाबी गरिएको अख्तियारको आरोपपत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।