काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद एकाएक अस्वस्थ भएका छन्।
आसन्न मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन लक्षित कार्यक्रममा जिल्ला दौडाहामा रहेका साउँद एकाएक बिरामी भएका हुन्।
कञ्चनपुर जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै गर्दा बुधबार एक्कासी स्वास्थ्यमा समस्या आएको कांग्रेस नेता नैनसिंह महरको सचिवालयले जनाएको छ।
साउँदलाई के भएको हो भन्ने प्रश्नमा कांग्रेस केन्द्रीय सदस्य महरले भाइरल जरोका कारण बिरामी भएको नेपाल लाईभलाई जानकारी दिए। साउँद अस्वस्थ भएपछि जिल्लाका विभिन्न कार्यक्रममा उपस्थित हुन सकिरहेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।