काठमाडौं– न्याय परिषदले जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषदको बठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
जिल्ला न्यायाधीश अधिकारीले न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा उनलाई बर्खास्त गरिएको हो।
परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो। तर उनको चालचलन नसुध्रिएको र मुद्दामा आर्थिक चलखेल गरेको सार्वजनिक भएपछि उनलाई पदबाट हटाइएको हो। जिल्ला अदालतमा रहेदाँ मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्चले साउन ३ गते सर्वोच्च झिकाएको थियो।
उनलाई विगतमा हटाउन खोज्दा महाभियोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोगाएका थिए। यअसघि उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त भएकी थिइन्। पछिल्लो समय परिषदले न्यायाधीशमाथि धमाधम कारबाही थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।