काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।
राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिइन्।
राष्ट्रपतिलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।