• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गुप्तचर प्रमुख बन्न दौडधुप : थापा र जोशीको ‘नेक टु नेक’ प्रतिस्पर्धा!

अहिले रिङआउट हुने पनि बन्न सक्छन् गुप्तचर प्रमुख
64x64
नारायण अधिकारी मंगलबार, भदौ १४, २०७९  १७:४४
1140x725

काठमाडौं– दश दिनपछि भदौ २३ गते देशको एकमात्र गुप्तचरी निकाय, राष्ट्रिय अनुसन्धान विभाग (राअवि), का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) यदुलाल खरेल अवकाशमा जाँदैछन्। ५८ वर्षे उमेर हदका कारण खरेल अनिवार्य अवकाशमा जाने भएसँगै गुप्तचर प्रमुख बन्नका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ। 

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) हुतराज थापा र ओम जोशीमध्ये एक जना आउँदो १० दिनपछि गुप्तचर प्रमुख बन्ने हुँदा यि दुईबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। दुवै जना शक्तिकेन्द्रमार्फत् तीव्र लविइङमा लागेका छन्। 

रोल्पा घर भएका पहिलो नम्बरका थापा माओवादी केन्द्र निकट मानिन्छन्। सत्ता गठबन्धनको मुख्य घटक माओवादीकै जोडबलमा थापा संगठन प्रमुख बन्न लागिपरेका छन्। उता जोशी भने बालुवाटार (प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनको सचिवालय) निकट मानिन्छन्। शक्ति केन्द्रमार्फत् तीव्र लविइङमा लागेका यी दुवैमध्ये को गुप्तचर प्रमुख बन्छ ? भन्न सक्ने अवस्था छैन। उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

‘नेक टु नेक’ प्रतिस्पर्धा
उनीहरुबीच यतिसम्म प्रतिस्पर्धा छ भन्ने विषय एआईजी बढुवा भएकै बेला देखिएको थियो। गुप्तचरमा एक मात्र एआईजीको दरबन्दी थियो। गत वैशाख १० गते एआईजी यादव रेग्मी अवकाशमा गएपछि एक एआईजी पद रिक्त भयो।

उक्त पदमा बढुवाका लागि थापा र जोशीसँगै करिब एक दर्जन अनुसन्धान निर्देशक (डीआईजी) प्रतिस्पर्धामा भए पनि मुख्य प्रतिस्पर्धी थापा र जोशी नै देखिएका थिए। 

यी दुईमध्ये एक जनामात्रै एआईजी बन्ने भएपछि सरकारले तीन महिनासम्म बढुवा नै गर्न सकेन। उक्त एआईजी पदमा तीन दिनका लागि कुलदीप थापालाई बढुवा गरियो। उनी साउन ३ गते अनिवार्य अवकाशमा भए। त्यसपछि फेरि पहिल्यैको स्थिति दोहोरियो।

रिक्त एक एआईजीमा थापा र जोशीमध्ये एक बढुवा हुने र एक छुट्ने स्थिति आयो। तर उक्त परिस्थितिलाई यी दुवैले आफ्नो वशमा ढाले। एक एआईजीको दरबन्दीमा अर्को एक एआईजीको दरबन्दी थप गर्न सरकार बाध्य भयो। दरबन्दी नै थप गरेर थापा र जोशीलाई साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एआईजी पदमा बढुवा गर्‍यो। 

एआईजी पदमै नेक टु नेक प्रतिस्पर्धामा देखिएका यी दुवै पात्र गुप्तचर प्रमुखको पदका लागि पनि उत्तिकै प्रतिस्पर्धामा छन्। बढुवाका लागि जम्माजम्मी १० दिनमात्रै बाँकी रहँदा संगठन प्रमुख को बन्ने भन्ने प्रतिस्पर्धामा उत्रिएका यी दुईलाई दरबन्दी नै थपेर एआईजी बनाए जस्तो सहज सरकारलाई छैन।

Ncell 2
Ncell 2

एक गुप्तचर प्रमुख बन्नेछन्, अर्काले भने एआईजीमै चित्त बुझाउनुपर्ने हुन्छ। 

अहिले रिङआउट हुने पनि बन्न सक्छन् गुप्तचर प्रमुख
प्रतिस्पर्धी थापा र जोशीमध्ये एक जना भदौ २३ मा गुप्तचर प्रमुख बन्नेछन् भने एक जना रिङ आउट भएर एआईजीमै रहनेछन्। तर अहिले रिङआउट भएर एआईजीमै रहने व्यक्ति नै पछि गुप्तचर प्रमुख बन्नसक्ने बाटो भने खुला नै रहन्छ।

२०७५ सालसम्म गुप्तचर प्रमुखको पदावधि चार वर्ष थियो। तर केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन गुप्तचर प्रमुख दीलिप रेग्मीलाई हटाउन विशेष सेवा नियमावली, २०४४ लाई नै संशोधन गरेर गुप्तचर प्रमुखको सेवा अवधि ३ वर्षमा झार्‍यो।

त्यही तीन वर्षे सेवा अवधिका कारण अहिले रिङआउट हुने एआईजी नै ३ वर्षपछि गुप्तचर प्रमुख बन्न सक्ने अवस्था देखिन्छ। विशेष सेवा नियमावली अनुसार गुप्तचर प्रमुखको पदावधि ३ वर्षको छ भने एआईजीका पदावधि ४ वर्षको छ।

अहिले गुप्तचर प्रमुख भएका व्यक्ति ३ वर्षपछि अनिवार्य अवकाशमा जाँदा अहिले बढुवा छुटेर एआईजी रहेका व्यक्ति भने ४ वर्षे पदावधिका कारण बहालमै रहन्छन्। जसकारण थापा र जोशीमध्ये एक जना अहिले र एक जना ३ वर्षपछि गुप्तचर प्रमुख बन्न सक्ने अवस्था रहन्छ।

यो पनि पढ्नुहोस

गुप्तचरका दुई डीआईजी एआईजीमा बढुवा, पहिलो नम्बरमा थापा

यो पनि पढ्नुहोस

गुप्तचरमा राजनीतिक भागबण्डा: बालुवाटारको ‘भाग’ पुर्‍याउन एआईजीको दरबन्दी थप!

यो पनि पढ्नुहोस

गुप्तचरमा चरम राजनीति : अन्योलमा बढुवा, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल!

 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्