• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गुप्तचर प्रमुख बन्न दौडधुप : थापा र जोशीको ‘नेक टु नेक’ प्रतिस्पर्धा!

अहिले रिङआउट हुने पनि बन्न सक्छन् गुप्तचर प्रमुख
64x64
नारायण अधिकारी मंगलबार, भदौ १४, २०७९  १७:४४
1140x725

काठमाडौं– दश दिनपछि भदौ २३ गते देशको एकमात्र गुप्तचरी निकाय, राष्ट्रिय अनुसन्धान विभाग (राअवि), का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) यदुलाल खरेल अवकाशमा जाँदैछन्। ५८ वर्षे उमेर हदका कारण खरेल अनिवार्य अवकाशमा जाने भएसँगै गुप्तचर प्रमुख बन्नका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ। 

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) हुतराज थापा र ओम जोशीमध्ये एक जना आउँदो १० दिनपछि गुप्तचर प्रमुख बन्ने हुँदा यि दुईबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। दुवै जना शक्तिकेन्द्रमार्फत् तीव्र लविइङमा लागेका छन्। 

रोल्पा घर भएका पहिलो नम्बरका थापा माओवादी केन्द्र निकट मानिन्छन्। सत्ता गठबन्धनको मुख्य घटक माओवादीकै जोडबलमा थापा संगठन प्रमुख बन्न लागिपरेका छन्। उता जोशी भने बालुवाटार (प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनको सचिवालय) निकट मानिन्छन्। शक्ति केन्द्रमार्फत् तीव्र लविइङमा लागेका यी दुवैमध्ये को गुप्तचर प्रमुख बन्छ ? भन्न सक्ने अवस्था छैन। उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

‘नेक टु नेक’ प्रतिस्पर्धा
उनीहरुबीच यतिसम्म प्रतिस्पर्धा छ भन्ने विषय एआईजी बढुवा भएकै बेला देखिएको थियो। गुप्तचरमा एक मात्र एआईजीको दरबन्दी थियो। गत वैशाख १० गते एआईजी यादव रेग्मी अवकाशमा गएपछि एक एआईजी पद रिक्त भयो।

उक्त पदमा बढुवाका लागि थापा र जोशीसँगै करिब एक दर्जन अनुसन्धान निर्देशक (डीआईजी) प्रतिस्पर्धामा भए पनि मुख्य प्रतिस्पर्धी थापा र जोशी नै देखिएका थिए। 

यी दुईमध्ये एक जनामात्रै एआईजी बन्ने भएपछि सरकारले तीन महिनासम्म बढुवा नै गर्न सकेन। उक्त एआईजी पदमा तीन दिनका लागि कुलदीप थापालाई बढुवा गरियो। उनी साउन ३ गते अनिवार्य अवकाशमा भए। त्यसपछि फेरि पहिल्यैको स्थिति दोहोरियो।

रिक्त एक एआईजीमा थापा र जोशीमध्ये एक बढुवा हुने र एक छुट्ने स्थिति आयो। तर उक्त परिस्थितिलाई यी दुवैले आफ्नो वशमा ढाले। एक एआईजीको दरबन्दीमा अर्को एक एआईजीको दरबन्दी थप गर्न सरकार बाध्य भयो। दरबन्दी नै थप गरेर थापा र जोशीलाई साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एआईजी पदमा बढुवा गर्‍यो। 

एआईजी पदमै नेक टु नेक प्रतिस्पर्धामा देखिएका यी दुवै पात्र गुप्तचर प्रमुखको पदका लागि पनि उत्तिकै प्रतिस्पर्धामा छन्। बढुवाका लागि जम्माजम्मी १० दिनमात्रै बाँकी रहँदा संगठन प्रमुख को बन्ने भन्ने प्रतिस्पर्धामा उत्रिएका यी दुईलाई दरबन्दी नै थपेर एआईजी बनाए जस्तो सहज सरकारलाई छैन।

Ncell 2
Ncell 2
nimb
nimb

एक गुप्तचर प्रमुख बन्नेछन्, अर्काले भने एआईजीमै चित्त बुझाउनुपर्ने हुन्छ। 

अहिले रिङआउट हुने पनि बन्न सक्छन् गुप्तचर प्रमुख
प्रतिस्पर्धी थापा र जोशीमध्ये एक जना भदौ २३ मा गुप्तचर प्रमुख बन्नेछन् भने एक जना रिङ आउट भएर एआईजीमै रहनेछन्। तर अहिले रिङआउट भएर एआईजीमै रहने व्यक्ति नै पछि गुप्तचर प्रमुख बन्नसक्ने बाटो भने खुला नै रहन्छ।

२०७५ सालसम्म गुप्तचर प्रमुखको पदावधि चार वर्ष थियो। तर केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन गुप्तचर प्रमुख दीलिप रेग्मीलाई हटाउन विशेष सेवा नियमावली, २०४४ लाई नै संशोधन गरेर गुप्तचर प्रमुखको सेवा अवधि ३ वर्षमा झार्‍यो।

त्यही तीन वर्षे सेवा अवधिका कारण अहिले रिङआउट हुने एआईजी नै ३ वर्षपछि गुप्तचर प्रमुख बन्न सक्ने अवस्था देखिन्छ। विशेष सेवा नियमावली अनुसार गुप्तचर प्रमुखको पदावधि ३ वर्षको छ भने एआईजीका पदावधि ४ वर्षको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले गुप्तचर प्रमुख भएका व्यक्ति ३ वर्षपछि अनिवार्य अवकाशमा जाँदा अहिले बढुवा छुटेर एआईजी रहेका व्यक्ति भने ४ वर्षे पदावधिका कारण बहालमै रहन्छन्। जसकारण थापा र जोशीमध्ये एक जना अहिले र एक जना ३ वर्षपछि गुप्तचर प्रमुख बन्न सक्ने अवस्था रहन्छ।

यो पनि पढ्नुहोस

गुप्तचरका दुई डीआईजी एआईजीमा बढुवा, पहिलो नम्बरमा थापा

यो पनि पढ्नुहोस

गुप्तचरमा राजनीतिक भागबण्डा: बालुवाटारको ‘भाग’ पुर्‍याउन एआईजीको दरबन्दी थप!

यो पनि पढ्नुहोस

गुप्तचरमा चरम राजनीति : अन्योलमा बढुवा, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल!

 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्