• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गुप्तचरमा चरम राजनीति : अन्योलमा बढुवा, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल!
64x64
नारायण अधिकारी सोमबार, जेठ २३, २०७९  १२:०३
1140x725

काठमाडौं– गत वैशाख १० गते देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) यादव रेग्मी अवकाशमा गए। रेग्मी अवकाशमा गएसँगै गुप्तचरमा एकमात्रै दरबन्दी रहेको एआईजी पद रिक्त रह्यो।

तर, एआईजीको पद रिक्त रहेको डेढ महिना बितिसक्दा समेत सरकारले अहिलेसम्म पदपुर्ति सकेको छैन। सरकारको आँखा, कान, नाक भनेर चिनिएको एकमात्र गुप्तचरी निकायको उच्च अहोदाको पद यति लामो समयसम्म रिक्त हुँदा समेत सरकारले कसैलाई बढुवा गर्न सकेको छैन।

सुरक्षा संगठनमा चरम राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै आलोचना हुँदै आएको छ। डेढ महिनासम्म रिक्त पदमा बढुवा नगर्नुले गुप्तचरमा समेत चरम राजनीतिक हस्तक्षेत हुने गरेको विषयलाई थप छर्लंग पारेको बताउँछन् गुप्तचरका पूर्वएआईजी देवराज भट्ट।

रिक्त रहेको एक एआईजी पदका लागि ८ जना अनुसन्धान निर्देशक (डीआईजी)हरु प्रतिस्पर्धामा छन्। डीआईजीहरु हुतराज थापा, ओम जोशी, टेकेन्द्र कार्की, कुलदीप थापा, हरिहर पौडेल, सुनिल ढकाल, प्रकाश पाण्डे, सुमन वैद्य एआईजीको प्रतिस्पर्धामा छन्। हुतराज सह–अनुसन्धान निर्देशक (एसएसपी) बाट अनुसन्धान निर्देशक (डीआईजी)मा बढुवा हुँदा एक नम्बरमा बढुवा भएका थिए। 

प्रकाश पाण्डे १ नम्बर प्रदेश, ओम जोशी मधेश प्रदेश, हरिहर पौडेल बागमती प्रदेश, सुमन वैद्य गण्डकी प्रदेश, सुनिल ढकाल लुम्बिनी प्रदेश, टेकेन्द्र कार्की कर्णाली प्रदेश, हुतराज थापा सुदूरपश्चिम प्रदेश र कुलदीप थापा कन्ट्रोलमा कार्यरत छन्। 

डेढ महिना बितिसक्दा समेत रिक्त एआईजी पदमा बढुवा हुन नसक्नुले सरकारको प्राथमिकतामै गुप्तचर विभाग नपरेको भट्टको तर्क छ। ‘भन्नलाई गुप्तचर प्रधानमन्त्री मातहत भनिएको छ। प्रधानमन्त्री कार्यालयमै तानेर जगेडामा राखिएका कर्मचारीलाई गुप्तचर पनि हेर है भन्ने चलन छ। ऊ आफैं काम गर्न नसकेर जगेडामा बसेको छ, त्यो कर्मचारीले के हेर्ने गुप्तचर? सरकारको प्राथमिकतामै परेको छैन यो विभाग’, भट्टले थपे।

अहिले एआईजी हुने नै भदौमा आईजी
गुप्तचर प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल आउँदो भदौ २३ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी अवकाशमा भएपछि रिक्त रहने पद एकमात्र एआईजी रहेको दरबन्दीबाट पूर्ति हुन्छ। त्यही रिक्त रहेको एक एआईजीको पदमा अहिले जो बढुवा हुन्छ सोही व्यक्ति नै आउँदो भदौ २३ गते गुप्तचर प्रमुख बन्ने निश्चित छ। 

त्यसकारण एआईजी बढुवा गुप्तचर प्रमुख नियुक्त गरेसरह नै हुने हुँदा एआईजी बढुवा पेचिलो बनेको छ। जसकारण प्रतिस्पर्धीहरु शक्तिकेन्द्रमार्फत् बढुवाका लागि तिव्र लबिइङ गरिहरेका छन्।

दरबन्दी थपेर भएपनि बढुवा हुनुपर्ने खेल
प्रतिस्पर्धी धेरै भएपछि एकमात्रै रहेको एआईजीको दरबन्दी समेत बढाएर भएपनि आफू एआईजी हुने दाउमा समेत गुप्तचरका केही हाकिम लागेको जानकार स्रोत बताउँछ। बढुवाको पहिलो नम्बरमा हुतराज थापा छन्। थापा आफू पहिलो नम्बरमा भएकाले एआईजी हुनुपर्ने भन्दै लबिइङमा लागेका छन्। 

उता बालुवाटारनिकट भनेर चिनिएका ओम जोशी भने जसरी पनि आफू एआईजी हुनैपर्ने भन्दै दबाब दिइरहेका छन्। जानकार स्रोतका अनुसार माओवादीनिकट भनेर चिनिएका थापालाई नै एआईजी बनाउनुपर्ने दबाब सत्ता साझेदार दल माओवादी केन्द्रको छ। 

यी दुवै जनालाई जसरी पनि एआईजी बढुवा हुनुपर्ने भएपछि अहिलेसम्म सरकारले एआईजीमा बढुवा गर्न सकेको छैन। थापा आफू पहिलो नम्बरमा रहेको र माओवादीनिकट भएको भन्दै बढुवाका लागि दबाब दिने र जोशी बालुवाटार अर्थात् कांग्रेसनिकट भएकै कारण बढुवा हुनुपर्ने अडानमा छन्। जसका कारण सरकाले दरबन्दी थपेरै भए पनि दुवै जनालाई बढुवा गर्ने तयारी गरेको स्रोतको भनाइ छ। तर, त्यसका लागि अहिलेसम्म कुनै सहमति भइनसकेको स्रोतले जानकारी दियो। 

अहिलेसम्म बढुवा हुन नसक्नुबारे पूर्वएआईजी भट्ट भन्छन्, ‘यहाँ गुप्तचरको प्रतिस्पर्धी होइन की कांग्रेस, माओवादीको उम्मेदवार भइदिएपछि बढुवामा सकस हुने गरेको हो।’

दरबन्दी थपघटमा राजनीतिक दाउपेच, एआईजीलाई डीआईजीमा झार्नेसम्मका खेल
एकमात्रै एआईजी दरबन्दी रहेको गुप्तचरमा २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एक वटा एआईजी पद थप्दै गुप्तचरमा दुई एआईजीको दरबन्दी सिर्जना गरिदिए। त्यतिबेला दरबन्दी थपेर यादव प्रसाद रेग्मीलाई देउवा सरकारले एआईजी बनाएको थियो। उनको प्रदेश समन्वय महाशाखामा पदस्थापन समेत गरिएको थियो।

एआईजी पद थपेर रेग्मीलाई बढुवा गरेलगत्तै देउवा सरकारबाट हटे। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। देउवाले थपेको एक एआईजीको दरबन्दीमा ओलीले कैंची चलाए। कतिसम्म भयो भने देउवाले बढुवा गरेका रेग्मीलाई ओलीले घटुवा गरेर डीआईजीमै झारेका थिए। 

त्यसपछि आफूलाई अन्याय भएको भन्दै रेग्मी सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका थिए। सर्वोच्चले उनलाई एआईजीमै राख्नुपर्ने आदेश दिएपछि रेग्मीले पुनः एआईजी भएर काम गरे। उनी सेवामा रहुन्जेलका लागि मात्रै दुई एआईजी रहने र उनी अवकाशमा गएसँगै एक मात्रै एआईजी रहने निर्णय ओली सरकारले गरेको थियो। 

त्यतिबेला रेग्मीसँगै यदुलाल खरेल एआईजी थिए। खरेल गुप्तचरमा प्रमुखमा बढुवा भए भने रेग्मीको गत वैशाख १० गते अवकाश भयो। त्यसपछि रिक्त भएको एक एआईजी पदमा अहिलेसम्म बढुवा हुन सकेको छैन। 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्