• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कास्की १:  एमालेलाई विरासत जोगाउन कठिन

64x64
राजनीतिक ब्यूरो बिहीबार, भदौ १६, २०७९  १९:४२
1140x725

काठमाडौं– कास्कीमा प्रतिनिधि सभातर्फ ३ वटा क्षेत्र छन्। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा ३ वटै क्षेत्रमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका थिए। 

२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार खगराज अधिकारी ३९ हजार २४२ मतसहित विजयी भएका थिए। नेपाली कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत प्राप्त गरेका थिए। 

प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा जित निकालेको एमालेलाई आगामी मंसिरमा हुने निर्वाचनमा भने कास्की १ बाट जित निकाल्न सहज छैन। 

स्थानीय तहको निर्वाचन २०७९ मा कास्की क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पालिकामा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा एमाले कमजोर देखिन्छ। एक्लै बलियो रहेको कांग्रेसलाई गठबन्धनका अन्य दलको पनि साथ रहने हुँदा एमालेको सम्भवना झन् कमजोर देखिन्छ।   

कास्की १ मा मादी गाउँपालिकाका सबै (७ वटा) वडा र रुपा गाउँपालिकाका (१२ वटा) तथा पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २७, २८, २९, ३०, ३१ र ३२ गरी १० वटा वडाहरु पर्छन्। ३ पालिकाका गरी यो क्षेत्रहरूमा कुल २९ वटा वडाहरू रहेका छन्।

यी वडाहरूमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २८ हजार ३४६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवारले ३ हजार १७० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले ३१ हजार ७२ मत प्राप्त गरेका छन्। स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रसहित गठबन्धनका दलले तालमेल गरेका थिए।  

कास्की क्षेत्र नम्बर १ मा राप्रपाका वडाध्यक्षका उम्मेदवारले १ हजार ७३७, स्वतन्त्रले ४३५ र अन्य पार्टीका उम्मेदवारले ३९ मत प्राप्त गरेका थिए। 

वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई हेर्दा कास्की १ मा कांग्रेस सबैभन्दा ठूलो दल छ। गठबन्धनका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समेत मत जोड्दा एमालेसँगको मतान्तर झन् फराकिलो हुने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसमाथि २०७४ सालको जस्तो राजनीतिक समीकरण नभएका कारण पनि एमालेलाई नतिजा आफ्नो पक्षमा पार्न झन् कठिन हुने देखिन्छ। 

बदलिरहने कास्की १ को नतिजा
२०६४ सालयता भएका निर्वाचनको परिणामलाई हेर्दा कास्की १ को नतिजा कसैका लागि स्थायी नहुने चित्र देखिन्छ। 

२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा कास्की १ बाट नेकपा माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी)का देव गुरुङ विजयी भएका थिए। दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा कास्की–१ मा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा पनि माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित भएका थिए। 

२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कास्की १ ले कांग्रेसलाई रोज्यो। २०७० को निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापा विजयी भएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०६४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भए। एमाले र माओवादी केन्द्र बीचको वाम गठबन्धनका उम्मेदवार एमाले नेता खगराज अधिकारी १३ हजार बढीको मतान्तरसहित विजयी भए। 

कास्की १ का मतदाताको मनोविज्ञानले पनि अघिल्लो निर्वाचनको जस्तै नतिजा आफ्नो पक्षमा पार्न गाह्रो पर्ने एमालेका स्थानीय नेताहरुको भनाइ छ। त्यसमाथि ५ दलीय गठबन्धन एकातिर हुँदा जित निकाल्ने हम्मे पर्ने एमाले नेताहरुको मनस्थिति छ।  

२०७९ को स्थानीय तहको निर्वाचनमा कास्की १ मा वडाध्यक्षहरुले प्राप्त गरेको मत:

राजनीतिक दल प्राप्त मत
नेकपा एमाले २८३४६
नेपाली कांग्रेस ३१०७२
नेकपा माओवादी केन्द्र ३१७०
राष्ट्रिय प्रजातन्त्र पार्टी १७३६
स्वतन्त्र ४३५
जनता समाजवादी पार्टी ४४
अन्य ३९

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि पनि मतदाताको संख्या थपिएको छ। नयाँ मतदाताको संख्या थपिएकाले उनीहरुको रोजाइले पनि आसन्न मंसिरमा हुने निर्वाचनको परिणामलाई प्रभावित पार्न सक्छ। 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १९:४२
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्