• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?

64x64
राजनीतिक ब्यूरो सोमबार, असोज ३१, २०७९  ०८:४७
1140x725

काठमाडौं– चर्चा गरिने र चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्येमै पर्छ, काठमाडौं-१। मंसिर ४ को निर्वाचनका लागि यस क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाबाट रवीन्द्र मिश्र प्रतिस्पर्धामा छन्। त्यस्तै, एमालेबाट किरण पौडेल उम्मेदवार बनेका छन्। पूर्वडीआइजी रमेश खरेल तथा सामाजिक अभियन्ताको छवि बनाएका पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको विवरण अनुसार यस क्षेत्रमा ३२ जना उम्मेदवार छन्।

काठमाडौं- १ मा काठमाडौं महानगरपालिकाका वडाहरु १०, ११, २९, र ३१ पर्दछन्। वैशाखको स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने कांग्रेस बलियो देखिन्छ।

स्थानीय तहको निर्वाचनमा यी वडामा अध्यक्षहरुको उम्मेदवारले पाएको मत एकीकृत गर्दा कांग्रेस अगाडि देखिन्छ। कांग्रेसका वडा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मत ९ हजार ८९५ हुन आउँछ। त्यस्तै, एमालेको ९ हजार ५४१, माओवादी केन्द्रको १ हजार १५९, राप्रपाको १ हजार ३७६, विवकशील साझाको २७३, स्वतन्त्र उम्मेदवारको १०१ र अन्य दलहरूका उम्मेदवारले १०९ मत पाएका छन्।

सबै पार्टीहरुले एकल प्रतिस्पर्धा गरेको र मत ट्रेन्ड पनि स्थानीय तहको निर्वाचनकै जस्तो रहेको स्थितिमा काठमाडौं- १ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। तर, सत्ताधारी दलहरुबीच गठबन्धन बनेको, एमालेबाट प्रभावशाली उम्मेदवार नरहेको र मिश्रको चर्चा पनि भइरहेको स्थितिमा स्थानीय तहको निर्वाचनको परिणामले केही संकेत त गर्ला, तर परिस्थितिको समग्र चित्र भने देखाउँदैन। 

काठमाडौंमा तुलनात्मक रुपमा उम्मेदवारकै व्यक्तित्व हावी हुन्छ। २०७४ को निर्वाचनमा मिश्रले पाएको मत होस् वा वैशाखको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर जितेको प्रसंग होस्, काठमाडौंको निर्वाचनमा उम्मेदवारको व्यक्तित्वबीच प्रतिस्पर्धा हुन्छ भन्ने सहजै बुझ्न सकिन्छ। अझ यहाँको मतपरिणाम त अनपेक्षित आउने गरेको विगतका केही सन्दर्भबाट पनि देखिन्छ।

Ncell 2
Ncell 2

२०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनपछि यस क्षेत्रबाट सिंह नै विजयी हुँदै आएका छन्। तर २०७४ को निर्वाचनमा सिंहका मुख्य प्रतिस्पर्धी मिश्र थिए। अघिल्लो निर्वाचन र आम चर्चाका कारणले यसपटक पनि यिनै दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

सामाजिक सञ्जालमा प्रचारप्रसार

सिंहसँग निर्वाचनसँग जोडिएका संविधान, लोकतन्त्र, कानुन निर्माण, विकास जस्ता विषयमा भन्नुपर्ने नयाँ विषय खासै छैन। किनकि, वर्षौँदेखि उनी त्यही भनिरहेका छन्। तर, पार्टी केन्द्र र आफ्ना क्षेत्रका जनतासँग बलियो प्रभाव भएको नेता मानिन्छन्, उनी। आफूप्रतिको अपेक्षा पूरा गर्न सके वा सकेनन्, त्यो बेग्लै विषय हो, बदनाम भने छैनन्। यिनै विषयलाई संश्लेषित गरेर उनले सामाजिक सञ्जालमा 'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास' भन्ने नाराका साथ आफ्नो प्रचार गरिरहेका छन्।

२०७४ मा बनेको वाम गठबन्धन र निकै चर्चा पाएका विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रलाई पराजित गरेका थिए, सिंहले। त्यसैले सो क्षेत्रमा उनको पार्टीगत र व्यक्तिगत प्रभाव बलियो रहेको पुष्टि हुन्छ। अर्कोतिर, २०७४ मै सिंहले मिश्रलाई पराजित गरिसकेका छन्। त्यसैले पनि उनको आत्मविश्वास बलियो हुनसक्छ।

अर्कोतिर, सिंहका बलिया प्रतिस्पर्धी ठानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भने आफू मान्छे भएकाले गल्ती गर्न सक्ने भए पनि बेइमान नगर्ने बताइरहेका छन्। उनले उम्मेदवारी घोषणा कार्यक्रममा आफू निर्वाचित भएमा गर्व गर्न लायक सांसद बन्ने बताएका छन्। ‘काठमाडौं १ का साथीहरुलाई म सुनिश्चित गराउन चाहन्छु कि तपाईंहरुले यसपटक मलाई तपाईंहरुकै क्षेत्रमा रहेको संसद् भवनमा पठाउनुभयो भने आजसम्म तपाईंहरुकै क्षेत्र नम्बर १ बाट गर्व गर्न सक्नेमध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईंहरुको आवाज संसद्‌मा बुलन्द गर्नेछु’, उम्मेदवारी घोषणा कार्यक्रममा मिश्रले भनेका थिए।

२०७४ को निर्वाचनयता सिंहको व्यक्तित्वमा खासै उतारचढाव आएको छैन। पार्टी महाधिवेशनको बेलामा सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई साथ दिएका कारण उनले पार्टीकै एउटा पक्ष र आमरुपमा आलोचना सहनुपरेको थियो। त्यसको चुनावी प्रभाव कति पर्छ, यसै भन्न सकिन्छ।

उता मिश्रको भने अजेन्डाप्रतिको प्रतिबद्धतामा व्यापक फेरबदल आएको छ। अझ उनी पञ्चायतको विरासत बोक्ने भनिएको राप्रपा प्रवेश गरेका छन्। वैकल्पिक राजनीतिको वकालत गर्दै अघि बढेको र सोही अनुसार साथ पाउँदै गएकाे भए पनि मिश्रले राजसंस्थाको पुनःस्थापना तथा संघीयता खारेजीको अजेन्डामा दृढता देखाउन र सोही अनुसारको दल रोजेपछि प्रशंसा र आलोचना खेपिरहेका छन्। त्यसैले काठमाडौं-१ को चुनावी परिणामलाई उनको 'मार्ग परिवर्तन' सँग जोडेर चासोपूर्वक हेर्न थालिएको छ। मिश्रको मुख्य सबल पक्ष भनेको उनी परीक्षण हुन बाँकी नेता हुन्।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०८:४७
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्