• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?

64x64
राजनीतिक ब्यूरो सोमबार, असोज ३१, २०७९  ०८:४७
1140x725

काठमाडौं– चर्चा गरिने र चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्येमै पर्छ, काठमाडौं-१। मंसिर ४ को निर्वाचनका लागि यस क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाबाट रवीन्द्र मिश्र प्रतिस्पर्धामा छन्। त्यस्तै, एमालेबाट किरण पौडेल उम्मेदवार बनेका छन्। पूर्वडीआइजी रमेश खरेल तथा सामाजिक अभियन्ताको छवि बनाएका पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको विवरण अनुसार यस क्षेत्रमा ३२ जना उम्मेदवार छन्।

काठमाडौं- १ मा काठमाडौं महानगरपालिकाका वडाहरु १०, ११, २९, र ३१ पर्दछन्। वैशाखको स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने कांग्रेस बलियो देखिन्छ।

स्थानीय तहको निर्वाचनमा यी वडामा अध्यक्षहरुको उम्मेदवारले पाएको मत एकीकृत गर्दा कांग्रेस अगाडि देखिन्छ। कांग्रेसका वडा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मत ९ हजार ८९५ हुन आउँछ। त्यस्तै, एमालेको ९ हजार ५४१, माओवादी केन्द्रको १ हजार १५९, राप्रपाको १ हजार ३७६, विवकशील साझाको २७३, स्वतन्त्र उम्मेदवारको १०१ र अन्य दलहरूका उम्मेदवारले १०९ मत पाएका छन्।

सबै पार्टीहरुले एकल प्रतिस्पर्धा गरेको र मत ट्रेन्ड पनि स्थानीय तहको निर्वाचनकै जस्तो रहेको स्थितिमा काठमाडौं- १ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। तर, सत्ताधारी दलहरुबीच गठबन्धन बनेको, एमालेबाट प्रभावशाली उम्मेदवार नरहेको र मिश्रको चर्चा पनि भइरहेको स्थितिमा स्थानीय तहको निर्वाचनको परिणामले केही संकेत त गर्ला, तर परिस्थितिको समग्र चित्र भने देखाउँदैन। 

काठमाडौंमा तुलनात्मक रुपमा उम्मेदवारकै व्यक्तित्व हावी हुन्छ। २०७४ को निर्वाचनमा मिश्रले पाएको मत होस् वा वैशाखको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर जितेको प्रसंग होस्, काठमाडौंको निर्वाचनमा उम्मेदवारको व्यक्तित्वबीच प्रतिस्पर्धा हुन्छ भन्ने सहजै बुझ्न सकिन्छ। अझ यहाँको मतपरिणाम त अनपेक्षित आउने गरेको विगतका केही सन्दर्भबाट पनि देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

२०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनपछि यस क्षेत्रबाट सिंह नै विजयी हुँदै आएका छन्। तर २०७४ को निर्वाचनमा सिंहका मुख्य प्रतिस्पर्धी मिश्र थिए। अघिल्लो निर्वाचन र आम चर्चाका कारणले यसपटक पनि यिनै दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

सामाजिक सञ्जालमा प्रचारप्रसार

सिंहसँग निर्वाचनसँग जोडिएका संविधान, लोकतन्त्र, कानुन निर्माण, विकास जस्ता विषयमा भन्नुपर्ने नयाँ विषय खासै छैन। किनकि, वर्षौँदेखि उनी त्यही भनिरहेका छन्। तर, पार्टी केन्द्र र आफ्ना क्षेत्रका जनतासँग बलियो प्रभाव भएको नेता मानिन्छन्, उनी। आफूप्रतिको अपेक्षा पूरा गर्न सके वा सकेनन्, त्यो बेग्लै विषय हो, बदनाम भने छैनन्। यिनै विषयलाई संश्लेषित गरेर उनले सामाजिक सञ्जालमा 'केन्द्रमा प्रभाव, क्षेत्रमा विकास' भन्ने नाराका साथ आफ्नो प्रचार गरिरहेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

२०७४ मा बनेको वाम गठबन्धन र निकै चर्चा पाएका विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रलाई पराजित गरेका थिए, सिंहले। त्यसैले सो क्षेत्रमा उनको पार्टीगत र व्यक्तिगत प्रभाव बलियो रहेको पुष्टि हुन्छ। अर्कोतिर, २०७४ मै सिंहले मिश्रलाई पराजित गरिसकेका छन्। त्यसैले पनि उनको आत्मविश्वास बलियो हुनसक्छ।

अर्कोतिर, सिंहका बलिया प्रतिस्पर्धी ठानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भने आफू मान्छे भएकाले गल्ती गर्न सक्ने भए पनि बेइमान नगर्ने बताइरहेका छन्। उनले उम्मेदवारी घोषणा कार्यक्रममा आफू निर्वाचित भएमा गर्व गर्न लायक सांसद बन्ने बताएका छन्। ‘काठमाडौं १ का साथीहरुलाई म सुनिश्चित गराउन चाहन्छु कि तपाईंहरुले यसपटक मलाई तपाईंहरुकै क्षेत्रमा रहेको संसद् भवनमा पठाउनुभयो भने आजसम्म तपाईंहरुकै क्षेत्र नम्बर १ बाट गर्व गर्न सक्नेमध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईंहरुको आवाज संसद्‌मा बुलन्द गर्नेछु’, उम्मेदवारी घोषणा कार्यक्रममा मिश्रले भनेका थिए।

२०७४ को निर्वाचनयता सिंहको व्यक्तित्वमा खासै उतारचढाव आएको छैन। पार्टी महाधिवेशनको बेलामा सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई साथ दिएका कारण उनले पार्टीकै एउटा पक्ष र आमरुपमा आलोचना सहनुपरेको थियो। त्यसको चुनावी प्रभाव कति पर्छ, यसै भन्न सकिन्छ।

उता मिश्रको भने अजेन्डाप्रतिको प्रतिबद्धतामा व्यापक फेरबदल आएको छ। अझ उनी पञ्चायतको विरासत बोक्ने भनिएको राप्रपा प्रवेश गरेका छन्। वैकल्पिक राजनीतिको वकालत गर्दै अघि बढेको र सोही अनुसार साथ पाउँदै गएकाे भए पनि मिश्रले राजसंस्थाको पुनःस्थापना तथा संघीयता खारेजीको अजेन्डामा दृढता देखाउन र सोही अनुसारको दल रोजेपछि प्रशंसा र आलोचना खेपिरहेका छन्। त्यसैले काठमाडौं-१ को चुनावी परिणामलाई उनको 'मार्ग परिवर्तन' सँग जोडेर चासोपूर्वक हेर्न थालिएको छ। मिश्रको मुख्य सबल पक्ष भनेको उनी परीक्षण हुन बाँकी नेता हुन्।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०८:४७
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्