• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?

64x64
राजनीतिक ब्यूरो आइतबार, कात्तिक ६, २०७९  ०६:२६
1140x725

काठमाडौं- एमाले उपमहासचिव प्रदिप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी संसदीय राजनीतिका पुराना प्रतिद्वन्द्वी हुन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि यी दुई नेताबीच प्रतिस्पर्धा हुँदैछ।

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनबाट भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका छन्। उनीहरु गुल्मी- मा प्रतिस्पर्धा गर्दैछन्।

२०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकालेका छन्। आसन्न निर्वाचनमा ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन्। यद्यपि, ज्ञवाली २०५६ को निर्वाचनबाटै संसदीय राजनीतिमा प्रवेश गरिसकेका नेता हुन्। उता, भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने भण्डारीको दाउ छ। 

आसन्न निर्वाचनको परिदृश्यबारे चर्चा गर्दा ज्ञवाली र भण्डारीले स्थानीय राजनीतिदेखि केन्द्रको राजनीतिसम्म खेलेको भूमिका र वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मतलाई विश्लेषण गर्नु आवश्यक हुन्छ।

भण्डारीसँग प्रतिस्पर्धा गरिरहेका ज्ञवाली
ज्ञवाली २०५६ देखि गुल्मीमा चुनाव लडिरहेका छन्। सो निर्वाचनमा ज्ञवाली २४ हजार ३४५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रबहादुर केसीले २३ हजार ६६९ मत प्राप्त गरेका थिए।

यस्तै, २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा ज्ञवालीको प्रतिस्पर्धा चन्द्र भण्डारीसँग भयो। ज्ञवालीले २३ हजार २५३ मत ल्याउँदा भण्डारीले २१ हजार १०१ मत पाएका थिए।

यता, २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भण्डारीले ज्ञवालीसँगको हार उल्ट्याएका थिए। ज्ञवालीले १८ हजार ६८१ मत ल्याउँदा भण्डारी २१ हजार १८९ मतसहित विजयी भए।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने ज्ञवाली विजयी भए। तत्कालीन बाम-गठबन्धनका उम्मेदवार ज्ञवालीले  ३७ हजार ८१४ मत ल्याउँदा भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए।

Ncell 2
Ncell 2

बौद्धिक छवि बनाएका नेता
ज्ञवाली र भण्डारी पार्टी तथा सार्वजनिक वृत्तमा अध्ययनशील तथा बौद्धिक छवि बनाएका नेतामा गनिन्छन्।

ज्ञवाली गुल्मी भूगोलबाट जिल्ला हुँदै केन्द्रीय राजनीतिमा आएका नेता हुन्। उनी हाल एमालेका उपमहासचिव हुन्। तर उनी केन्द्रमा आएपछि जिल्लाका काममा भने बेवास्ता गर्न थालेको जानकारहरू बताउँछन्।

बारम्बार मन्त्री बनेर लाभ लिएका ज्ञवालीले जिल्लाको विकास लगायतका काम खासै गर्न नसकेको बताउँछन् उनकै जिल्लाका मतदाता।

त्यसो त, पछिल्लो समय केन्द्रीय नेतृत्वको बचाउमा व्यस्त ज्ञवाली त्यसै पनि आलोचित बनेका छन्। 

लाभको पदमा नरहेका भण्डारी 
नेपाल विद्यार्थी संघका महामन्त्रीसम्म बनेका भण्डारी एक पटक सांसद बन्नु बाहेक अन्य समय पार्टी राजनीतिमै व्यस्त छन्। कांग्रेसको पछिल्लो महाअधिवेशनमा उपसभापतिका प्रतिस्पर्धी रहेका भण्डारीले पराजय बेहोरेका थिए।

एक पटक सांसद बन्नु बाहेक लाभको पदमा नपुगेका भण्डारीलाई जनतासँग मत माग्न ज्ञवालीको तुलनामा सहज देखिने उनी निकटको दाबी छ।

गठबन्धनले बलिया बनेका भण्डारी
सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई जितका लागि केही सहज देखिन्छ। यसका लागि वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा दलहरूका वडाध्यक्षले प्राप्त गरेको मतलाई लिन सकिन्छ।

गुल्मी- २ मा कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका,चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकाका वडा नम्बर ७,८,९,१०,११,१२,१३,१४ पर्छन्।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट एमाले वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७०१ मत, कांग्रेसका उम्मेदवारले ३१ हजार २९४ मत, माओवादी केन्द्रका उम्मेदवारले ४ हजार ९७० मत, एकीकृत समाजवादीका उम्मेदवारले ४९७ मत, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले करिब ३ हजार मत पाएका छन्।

तर, गठबन्धनका वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मत एमाले वडाध्यक्ष उम्मेदवारको भन्दा झिनो मतले मात्र अघि छ। त्यसकारण, भण्डारी र ज्ञवालीबीचको जितको आकलन गर्न भने उनीहरूले यो क्षेत्रमा गरेको योगदान, व्यक्तिगत छवि र राजनीतिक समीकरणले प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्