• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!

64x64
राजनीतिक ब्यूरो शुक्रबार, कात्तिक ४, २०७९  १२:४६
1140x725

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं- ५ बाट चौथोपटक प्रतिस्पर्धामा उत्रिएका छन्। २०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनयताका ४ वटै निर्वाचनमा उनी यही क्षेत्रका उम्मेदवार हुन्। 

२०६४ र २०७० मा उनी कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग पराजित भएका थिए। २०७४ मा आचार्यले चुनावी प्रतिस्पर्धा नै गरेनन्। त्यसको फाइदा पोखरेललाई पुगेको थियो। त्यतिबेला वाम गठबन्धनको साझा उम्मेदवार बनेका पोखरेलले कांग्रेस उम्मेदवार डा प्रकाशशरण महतलाई झन्डै १० हजार मतान्तरले हराएका थिए। पोखरेलले २३ हजार २९ मत पाएका थिए भने डा महतले १३ हजार १ सय ६९ मत पाए।

पोखरेलले २०५४ मा राष्ट्रिय सभा सदस्य भएर संसदीय यात्रा सुरु गरेका हुन्। तत्कालीन संविधानको प्रावधानअनुसार उनी प्रतिनिधि सभाबाट निर्वाचित हुँदै राष्ट्रिय सभामा प्रवेश गरेका थिए। तर २०५६ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनले भाग लिए र जित निकाले। त्यतिबेला काठमाडौं- ३ बाट उम्मेदवार बनेका पोखरेलले कांग्रेस उम्मेदवार चिरञ्जीवीनिधि तिवारी तथा माले उम्मेदवार कृष्णसुन्दर मल्ललाई पराजित गरेका थिए।

यसरी संसदीय/संविधान सभा निर्वाचनमा जितहार सरोबरी बेहोरेका पोखरेलका लागि यसपटक नयाँ प्रतिस्पर्धी अगाडि आएका छन्, कांग्रेस नेता प्रदीप पौडेल। तनहुँका पौडेल २०७४ को निर्वाचनमा सोही जिल्लाबाट प्रदेश सभा उम्मेदवार बनेका थिए। तर, माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए। विद्यार्थी राजनीतिबाट आएका पौडेल कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका थिए। सो प्रतिस्पर्धामा पराजित भएका पौडेलले आफ्नो ‘व्यक्तित्व’ भने बढाएका छन्। कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाले पौडेललाई आफ्नो समूहको अबको नेताको रुपमा प्रस्तुत नै गरेका थिए। त्यसैले कांग्रेसभित्र चर्चा पाइरहने र संसदीय फाँटमा प्रवेश नपाएका पौडेल मतदाताका लागि नयाँ विकल्प हुन सक्छन्।

काठमाडौं- ५ मा पार्टीगत मतमा पोखरेल बलिया देखिन्छन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं–५ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका, बुढानीलकण्ठ नगरपालिकाका र टोखा नगरपालिकाकाका विभिन्न १५ वटा वडाहरुमा वडाअध्यक्षका उम्मेदवाहरुले पाएको एकीकृत मतका एमाले अगाडि छ। एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८,  एकीकृत समाजवादीको १ हजार ८२७  मत छ। राप्रपाको मत माओवादी केन्द्र र एकीकृत समाजवादीभन्दा बढी अर्थात् २ हजार ६२२ छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तहको निर्वाचनकै मत ‘ट्रेन्ड’ रहेमा पोखरेललाई जित्न कठिन नरहेको स्थानीय तहको मत परिणामले देखाउँछ। एमालेको प्रभावशाली नेता हुनुको कारणले मत ‘ट्रेन्ड’ त्यस्तै रहने सम्भावनालाई नकार्न सकिँदैन। तर, केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्दा उनी कतिपय विवादमा फसेका थिए। त्यसको असर भने उनलाई पर्न सक्छ। मुख्यतः प्रतिस्पर्धामा उत्रिएका दुई प्रमुख नेताहरुमध्ये पोखरेल परीक्षण भइसकेका छन्। उनी पटकपटक सांसद र मन्त्री समेत भइसकेका छन्। पार्टीको पनि उच्च तहमा पुगिसकेका छन्। तर पौडेल नयाँ उम्मेदवार हुन्। अर्कोतिर, पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। 

यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रणय शमशेर राणा तथा स्वतन्त्र उम्मेदवारका रुपमा रञ्जु दर्शना पनि प्रतिस्पर्धामा उत्रिएका छन्। कुल २९ उम्मेदवार रहेको यस क्षेत्रमा मत कसरी बाँडिन्छ, त्यसले मुख्य प्रतिस्पर्धीको नतिजामा फरक पारिदिन सक्छ।

अन्य उम्मेदवारले दिने चुनौती एकातिर छ। पोखरेलका लागि पार्टीभित्रैबाट पनि जोखिम रहेको एमालेका कतिपय नेताहरु आकलन गर्छन्। र, त्यसको विस्तृत व्याख्या पनि गर्छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पोखरेल पार्टीको वरिष्ठ उपाध्यक्ष हुन्। अर्थात्, एमाले विधानअनुसार, भैपरी आउँदा उनी अध्यक्ष केपी शर्मा ओलीका विकल्प हुन्। यही निर्वाचनमा ओली पराजित भएमा वा ओलीले जितेर पनि पार्टीले खराब नतिजा निकालेमा वा एमालेले राम्रो नतिजा निकालेर निर्वाचनपछि ओली प्रधानमन्त्री भएर पनि बीचमै छाड्नुपरेमा एमाले संसदीय दलको नेतृत्व गर्ने सबैभन्दा माथिल्लो व्यक्तिको रुपमा पोखरेल नै प्रमुख दाबेदार हुन्। यसका अतिरिक्त पोखरेलको जितसँगै अन्य धेरै सम्भावनाको आकलन गर्न सकिन्छ। जसले गर्दा उनीमाथि निर्वाचनमा अन्तर्घातको आकलन पार्टीभित्रै हुन थालेको छ।

एमालेमा अहिले सबैभन्दा ठूलो गुट अध्यक्ष ओलीकै नेतृत्वमा छ। उनीसँग टक्कर लिने गुटले नेकपा एकीकृत समाजवादी गठन गरिसकेको छ। ओलीसँग असहमति राख्ने सानो समूह मात्रै एमालेमा छ। त्यो त्यति प्रभावी छैन। तर, पोखरेललाई अप्ठ्यारो पार्न सक्ने गुट ओली निकटहरुकै हो। जो तत्काललाई ओलीको नेतृत्वमा प्रभावशाली बनेका छन् र ओलीपछि आफू नेतृत्वमा आउने वातावरण बनाइरहेका छन्। पोखरेलमाथि अन्तर्घातको सम्भावना दर्शाउने एक नेताको भनाइ छ, ‘ईश्वर पोखरेल निर्वाचनमा पराजित हुनासाथ एउटा पक्षलाई ‘बढार्नुपर्ने धुलो हावाले उडायो’ भनेजस्तो हुन्छ। राजनीतिमा यस्ता प्रयत्न स्वभाविक पनि हो।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १२:४६
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्