• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!

64x64
राजनीतिक ब्यूरो शुक्रबार, कात्तिक ४, २०७९  १२:४६
1140x725

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं- ५ बाट चौथोपटक प्रतिस्पर्धामा उत्रिएका छन्। २०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनयताका ४ वटै निर्वाचनमा उनी यही क्षेत्रका उम्मेदवार हुन्। 

२०६४ र २०७० मा उनी कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग पराजित भएका थिए। २०७४ मा आचार्यले चुनावी प्रतिस्पर्धा नै गरेनन्। त्यसको फाइदा पोखरेललाई पुगेको थियो। त्यतिबेला वाम गठबन्धनको साझा उम्मेदवार बनेका पोखरेलले कांग्रेस उम्मेदवार डा प्रकाशशरण महतलाई झन्डै १० हजार मतान्तरले हराएका थिए। पोखरेलले २३ हजार २९ मत पाएका थिए भने डा महतले १३ हजार १ सय ६९ मत पाए।

पोखरेलले २०५४ मा राष्ट्रिय सभा सदस्य भएर संसदीय यात्रा सुरु गरेका हुन्। तत्कालीन संविधानको प्रावधानअनुसार उनी प्रतिनिधि सभाबाट निर्वाचित हुँदै राष्ट्रिय सभामा प्रवेश गरेका थिए। तर २०५६ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनले भाग लिए र जित निकाले। त्यतिबेला काठमाडौं- ३ बाट उम्मेदवार बनेका पोखरेलले कांग्रेस उम्मेदवार चिरञ्जीवीनिधि तिवारी तथा माले उम्मेदवार कृष्णसुन्दर मल्ललाई पराजित गरेका थिए।

यसरी संसदीय/संविधान सभा निर्वाचनमा जितहार सरोबरी बेहोरेका पोखरेलका लागि यसपटक नयाँ प्रतिस्पर्धी अगाडि आएका छन्, कांग्रेस नेता प्रदीप पौडेल। तनहुँका पौडेल २०७४ को निर्वाचनमा सोही जिल्लाबाट प्रदेश सभा उम्मेदवार बनेका थिए। तर, माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए। विद्यार्थी राजनीतिबाट आएका पौडेल कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका थिए। सो प्रतिस्पर्धामा पराजित भएका पौडेलले आफ्नो ‘व्यक्तित्व’ भने बढाएका छन्। कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाले पौडेललाई आफ्नो समूहको अबको नेताको रुपमा प्रस्तुत नै गरेका थिए। त्यसैले कांग्रेसभित्र चर्चा पाइरहने र संसदीय फाँटमा प्रवेश नपाएका पौडेल मतदाताका लागि नयाँ विकल्प हुन सक्छन्।

काठमाडौं- ५ मा पार्टीगत मतमा पोखरेल बलिया देखिन्छन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं–५ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका, बुढानीलकण्ठ नगरपालिकाका र टोखा नगरपालिकाकाका विभिन्न १५ वटा वडाहरुमा वडाअध्यक्षका उम्मेदवाहरुले पाएको एकीकृत मतका एमाले अगाडि छ। एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८,  एकीकृत समाजवादीको १ हजार ८२७  मत छ। राप्रपाको मत माओवादी केन्द्र र एकीकृत समाजवादीभन्दा बढी अर्थात् २ हजार ६२२ छ।

Ncell 2
Ncell 2

स्थानीय तहको निर्वाचनकै मत ‘ट्रेन्ड’ रहेमा पोखरेललाई जित्न कठिन नरहेको स्थानीय तहको मत परिणामले देखाउँछ। एमालेको प्रभावशाली नेता हुनुको कारणले मत ‘ट्रेन्ड’ त्यस्तै रहने सम्भावनालाई नकार्न सकिँदैन। तर, केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्दा उनी कतिपय विवादमा फसेका थिए। त्यसको असर भने उनलाई पर्न सक्छ। मुख्यतः प्रतिस्पर्धामा उत्रिएका दुई प्रमुख नेताहरुमध्ये पोखरेल परीक्षण भइसकेका छन्। उनी पटकपटक सांसद र मन्त्री समेत भइसकेका छन्। पार्टीको पनि उच्च तहमा पुगिसकेका छन्। तर पौडेल नयाँ उम्मेदवार हुन्। अर्कोतिर, पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। 

यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रणय शमशेर राणा तथा स्वतन्त्र उम्मेदवारका रुपमा रञ्जु दर्शना पनि प्रतिस्पर्धामा उत्रिएका छन्। कुल २९ उम्मेदवार रहेको यस क्षेत्रमा मत कसरी बाँडिन्छ, त्यसले मुख्य प्रतिस्पर्धीको नतिजामा फरक पारिदिन सक्छ।

अन्य उम्मेदवारले दिने चुनौती एकातिर छ। पोखरेलका लागि पार्टीभित्रैबाट पनि जोखिम रहेको एमालेका कतिपय नेताहरु आकलन गर्छन्। र, त्यसको विस्तृत व्याख्या पनि गर्छन्।

पोखरेल पार्टीको वरिष्ठ उपाध्यक्ष हुन्। अर्थात्, एमाले विधानअनुसार, भैपरी आउँदा उनी अध्यक्ष केपी शर्मा ओलीका विकल्प हुन्। यही निर्वाचनमा ओली पराजित भएमा वा ओलीले जितेर पनि पार्टीले खराब नतिजा निकालेमा वा एमालेले राम्रो नतिजा निकालेर निर्वाचनपछि ओली प्रधानमन्त्री भएर पनि बीचमै छाड्नुपरेमा एमाले संसदीय दलको नेतृत्व गर्ने सबैभन्दा माथिल्लो व्यक्तिको रुपमा पोखरेल नै प्रमुख दाबेदार हुन्। यसका अतिरिक्त पोखरेलको जितसँगै अन्य धेरै सम्भावनाको आकलन गर्न सकिन्छ। जसले गर्दा उनीमाथि निर्वाचनमा अन्तर्घातको आकलन पार्टीभित्रै हुन थालेको छ।

एमालेमा अहिले सबैभन्दा ठूलो गुट अध्यक्ष ओलीकै नेतृत्वमा छ। उनीसँग टक्कर लिने गुटले नेकपा एकीकृत समाजवादी गठन गरिसकेको छ। ओलीसँग असहमति राख्ने सानो समूह मात्रै एमालेमा छ। त्यो त्यति प्रभावी छैन। तर, पोखरेललाई अप्ठ्यारो पार्न सक्ने गुट ओली निकटहरुकै हो। जो तत्काललाई ओलीको नेतृत्वमा प्रभावशाली बनेका छन् र ओलीपछि आफू नेतृत्वमा आउने वातावरण बनाइरहेका छन्। पोखरेलमाथि अन्तर्घातको सम्भावना दर्शाउने एक नेताको भनाइ छ, ‘ईश्वर पोखरेल निर्वाचनमा पराजित हुनासाथ एउटा पक्षलाई ‘बढार्नुपर्ने धुलो हावाले उडायो’ भनेजस्तो हुन्छ। राजनीतिमा यस्ता प्रयत्न स्वभाविक पनि हो।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १२:४६
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्