काठमाडौं– निर्वाचन आयोगले निर्माण गरेको आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट निर्माण गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
सोमबार राजपत्रमा प्रकाशित भएको आचारसंहिताको परिच्छेद २ को बुदाँ नम्बर ४ मा यस्तो व्यवस्था गरेको छ। उक्त बुँदाको देहाय ‘घ’ मा टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याज, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने भनिएको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले उक्त आचार संहिता निर्माण गरेको हो। यो आचार संहिता आयोगले तोकेको दिनदेखि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।