काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको हकमा तीन शर्त अघि सारेको छ। सोमबार राजपत्रमा प्रकाशित भएको आचार संहिताका अनुसार उम्मेदवार र मतदाताले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनेको छ।
यस्तै उम्मेदवारले निर्वाचनको उम्मेदवार हुन बेरुजु फस्र्यौट गर्नुपर्ने र पेश्की लिएको भए त्यसलाई पनि फर्स्याैट गर्नुपर्नेछ।
राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार लगायतका कार्यक्रम सञ्चालन गर्दा कोभिड–१९ लगायत संक्रामक रोगको संकमणको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत स्वास्थ्य मापदण्ड अवलम्बन गर्नुपर्ने आचार संहितामा उल्लेख छ।
उम्मेदवारले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट लिएको कुनैपनि प्रकारको पेश्की फर्स्याैट गरेको हुनु पर्नेछ उल्लेख छ। उम्मेदवारले लेखापरीक्षणबाट आफ्नो नाममा किटानीसाथ असूल उपर गर्ने भनी कायम भएको बेरुजु फस्यौट गरेको हुनुपर्ने आचार संहितामा उल्लेख छ। उक्त आचार संहिता आयोगले तोकेको मितिदेखि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।