दाङ– राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड सञ्चालनमा आएको छ। खसेको पहिरो हटाएपछि अहिले दुईतर्फी नै सवारीसाधन सञ्चालन भएको छ।
लगातार परेको अविरल वर्षाका कारण उक्त सडकखण्डमा पहिरो खस्दा सोमबार बिहान करिब ३ बजेदेखि अवरुद्ध भएको थियाे। अवरुद्ध सडकखण्ड दिउँसो सवा १२ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।
डिएसपी मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा पहिरो खस्दा बिहानैदेखि सवारीसाधन सञ्चालन ठप्प भएको थियो । पहिरो हटाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको डिएसपी मल्लले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।