काठमाडौं– सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अदालतको अवहेलना मुद्दामा वारेसमार्फत उपस्थित हुन सक्ने सुविधा दिएको छ। अधिवक्ता दिपकराज जोशीले दायर गरेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीको एक इजलासले सोमबार आदेश गर्दै उक्त सुविधा दिएको हो ।
अदालतको अवहेलना मुद्दामा सर्वाेच्चले वारेस नराखी बोलाउने गर्ने गरेको छ। सर्वाेच्चले विगतमा प्रधानमन्त्रीहरुलाई पनि स्वयं उपस्थित हुन आदेश गरेको छ। सर्वाेच्चले संसद विघटनको मुद्दामा केपी शर्मा ओलीलाई पनि आफैं उपस्थित हुन आदेश गरेको थियो। उनी लिखित जवाफ लिएर सर्वाेच्चमा उपस्थित पनि भएका थिए।
सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु पनि अवहेलना मुद्दामा आफै उपस्थिति हुनु भन्ने आदेशपछि अदालत पुगेका थिए। सर्वाेच्चले मेयर शाहलाई आफैं वा वारेसमार्फत सात दिनमा उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो। सर्वाेच्चमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर अवहेलना गरेको भन्दै अधिवक्ता जोशीले अवहेलना निवेदन दिएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।