काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्।
काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।
अर्यालसहित ५ जनालाई महानगरले कानुनी सल्लाहकारमा राखेको छ। अर्याल भने मेयर बालेनको ‘विशेष कानुनी परामर्शदाता' कारुपमा रहने मेयरको सचिवालयले जनाएको छ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र नियमविपरीत निर्माण गरिएका भनिएका संरचनाहरु हटाउने अभियान चलाइरहेकाे बेला कानुनी सल्लाहकारहरु नियुक्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।